जन्मदिनको अवसरमा पत्रकार तेजु खड्का स्मृति अक्षय कोषलाई आर्थिक सहयोग घोषणा

अक्स्जय्य
अक्स्जय्य
August 05, 8:43

२०७७ साउन २१ गते बुधबार
मोहन पनेरु डोटी
नेपाल प्रेस युनियन डोटीले स्थापना गरेको अक्षय कोषमा अग्रज पत्रकारहरुले आफ्नो जन्मदिनको अबसरमा आर्थिक सहयोग घोषणा गरेका छ्न।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बम र नेपाल प्रेस युनियनका पुर्ब केन्द्रिय सदस्य मुकुन्द भण्डारीले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोषमा आर्थिक सहयोग घोषणा गरेका हुन।
गएको सोमबार नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा अक्षय कोष खडा गर्ने निर्णय गरेको थियो।

आज परेको आफ्नो जन्मदिनको अवसरमा उक्त अक्षयकोषमा पत्रकार महासंघ केन्द्रीय सदस्य मीन बमले ११ हजार एक सय एक रुपैंया र प्रेस युनियन केन्द्रिय सदस्य मुकुन्द भण्डारीले १० हजार रुपैंया प्रदान गर्ने बताए।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ । युनियनले पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति,संघ- संस्थाहरु संग सहयोग आह्वान गरेको प्रेस युनियन डोटी शाखाका सचिव पवन महाराले जानकारी दिए ।

स्वर्गीय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुराको रेडियो बुढीनन्दामा कार्यरत थिए ।

अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरी वितरण गरिने प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा