बझाङका जीप व्यवसायीको मनोमानी, क्षमता भन्दा बढि यात्रु र दोब्बर भाडा

बझाङ
बझाङ
August 08, 8:29

२०७७ साउन २४ गते बुुुधबार

दोरेन्द्र खड्का, बझाङ
जिल्लामा सञ्चालन भइरहेका जीप व्यवसायीले मनपरी भाडा असुल्न थाले पछि यात्रुलाई समस्या हुँदै आएको छ । सरकारले कूल सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्ने र,५० प्रतिशत भाडा बढी लिन पाउने गरी जिल्ला भित्र सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि बझाङका जिप व्यवसायीले क्षमता भन्दा दोब्बर यात्रु ओसार्ने र तेब्बर भाडा असुल्न थालेका छन् ।

जसले गर्दा सार्वजनिक जीपमा कोरोना सङ्क्रमण सँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएको स्थानीयवासी बताउँछन ।बुङ्गल नगरपालिका विजगडा देखि बागथला सम्म जम्मा १५ किलोमिटर दूरीमा यहाँका जीप व्यवसायीले भने ५०० सम्म भाडा लिन थाले पछि आफुहरु समस्यामा स्थानिय धन बहादुर बोहराले बताए ।

उनले भने, “जीप चालकले १५ किमीको ५०० भाडा लिन्छन, भाडा बढी लियो भनेर ट्राफिक प्रहरीलाई खबर गर्दा , हामीलाई भाडाको बारेमा थाहा छैन , भनेर वास्ता नगर्ने गरेको उनले बताए

यश अघि प्रशासनले तोकेको भाडा दर पक्किमा प्रतिकिलोमिटर ८ रुपैया र कच्चि सडकमा प्रति किलोमिटर १५ रुपैयाँ तोकिए पनि हाल जीप चालकले मनपरी ढङ्गले तेब्बर भन्दा बढी भाडा लिने गरेका छन । तर स्थानीय प्रहरी प्रशासनले कुनै चासो नदेखाएको स्थानीयवासीको आरोप छ ।

जीप व्यवसायीहरुले यात्रुलाई टिकट पनि नदिने गरेका कारण मनपरी भाडा असुल्ने गरेको स्थानीयवासीको भनाइ छ । यस विषयमा बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले यात्रुबाट मनपरी भाडा लिने जीप र चालकलाई कानूनी कारवाही गरिने बताएका छन । उनले भने, “जीप चालकले यात्रुबाट बढी भाडा लियो भन्ने खबर गर्नुहोस, खबर मिले पछि कार्बाही गरिने छ" उहाँले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा