डोटीमा बाँदर धपाउन भरुवा बन्दुक पट्काउदा छर्रा लागेर एक किशोरी घाईते

दोतो
दोतो
August 10, 9:55

चक्र बलायर, डोटी 
२०७७ श्रावण २६  गते सोमबार

बाँदर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छन् । डोटीको केआईसिँह गाउँपालिका–३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन् ।हिजो साझ ६ बजेतिर बारीमा बाँदरहरु आएपछि धपाउन स्थानीय ४३ वर्षीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका थिए । सोहीक्रममा बारीमै घाँस काटिरहेकी जानकीलाई छर्रा लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनलाई आईतबारै उपचारका लागि दिपायलस्थित शैलेश्वरि अस्पताल ल्याईएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उनको उपचार भईरहेको छ ।

घटनापछि अवैध वन्दुक राखेर पड्काउने शेरबहादुर र बन्दुक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक जनकराज पाण्डेले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा