सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री भट्टद्धारा डोटीमा कोरोना परीक्षण प्रयोगशालाको उदघाटन

डोटी
डोटी
August 18, 11:10

२०७७ भदौ २ गते मंगलबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीमा पिसिआर मेसिनको उद्घाटन गरेका छन् ।आज बिहान एक कार्यक्रमका बिच पिसिआर मेसिनको  उद्धघाटन गरिएको हो ।  

पिसिआर मेसिनबाट डोटी ,अछाम र बाजुरालाई मुख्य प्राथमिकतामा  दिई कोरोना भाइरस कोभिड-१९ को चेकजाँच तथा परिक्षण गरिने छ ।   डोटी अस्पतालमा  पिसिआर मेसिन  थपीए पछि परिक्षणको दायरा बढ्ने जनाइएको छ ।  पिसिआर मेसिन जडान गर्न झन्डै १ करोड ५० लाख खर्च भएको छ । 

अव सुदूरपश्चिम प्रदेश धनगढी, डडेल्धुरा र डोटीबाट कोरोना परीक्षण हुनेछ। उक्त जडान गरिएको मेसिनको परीक्षण नतिजाको सहि मापनका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०/१० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वाबहरु सोमबार परीक्षण गरिएको बायो मेडिकल इन्जिनियर जय साउँदले जानकारी दिए।

पीसीआर मेसिन जडानका लागि सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही लगायतको टोली डोटी पुगेको थियो।  गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार डोटी, बैतडी र कैलालीमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएको थियो। तर बैतडीमा भने अझै प्रयोगशाला स्थापना भएको छैन्।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा