गजल : दाताहरूले सके जति दिइरहे, जस अपजस भनेनन्

Bed Bhatta
Bed Bhatta
August 19, 11:04

गजल

दाताहरूले सके जति दिइरहे, जस अपजस भनेनन्
आफ्नो सम्पत्तिको गणनामा प्लस माइनस  भनेनन्
 
छोराले तपाईँको सम्पत्ति एक रत्ती चाहिन्न भन्यो 
बुवाले  छोरालाई   कहिल्यै तँ चाहिन्नस  भनेनन्

जसलाई  शीर र पिठ्युँमा बसाएको हुँ सकी–नसकी 
आज  उनैले आँगन छेउको, ढिकसम्म बस भनेनन्

ठुलाबडाले छोरी सानो छँदा दुवैलाई दलित मानेको हो
हाल बुवा दलित नै छन् तर छोरीसँगको लसपस भनेनन् 


किताबका हजारौँ प्रश्न सोध्दै तथानाम गालीले सरापे
तर आजसम्म मेरा गुरुले बाबु त के जान्दछस् भनेनन् ।

वेद भट्ट

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा