बाजुराको त्रिवेणी नगरपालिकामा बाढीको वितण्डा (फोटो फिचर)
बाजुरा, भदौ ३ – मङ्गलवार रातीको बाढीले बाजुराको त्रिवेणी नगरपालिकामा ठुलो क्षति पु¥याएको छ । मानवीय क्षति हुन नपाए पनि माला गाड आसपासका क्षेत्रमा लगाइएको अन्नबाली सँगै एक दर्जन भन्दा बढी पसलहरू बगाएको छ भने खेतीयोग्य जमिन समेत बगेर ठुलो नोक्सानी भएको छ ।
त्रिवेणी नगरपालिकाका मेयर राम सिंह रावलले स्थानीयले ठुलो क्षति व्यहोर्नुपरेको बताए । बाढीले नगरपालिकाको वडा नम्बर ८ मा निर्मित माला गाड लघु जलविद्युत आयोजनाको बाँध र नहरसमेत बगाएपछि तीन वटा वडा अन्धकार बनेका छन् ।
स्थानीय जङ्ग अयडीका अनुसार माला गाड लघु जलविद्युत आयोजनाको नहर र बाँध भत्किएपछि ५ वटा वडामा आपूर्ति हुने विधुत अवरुद्ध हुँदा २ हजार घर अन्धकारमा बस्नुपर्ने बाध्यता सिर्जना भएको बताए । २०७३ सालमा स्थापना भएको उक्त जलविद्युत आयोजनाको भवन समेत जोखिममा परेको छ ।
माला गाडले वडा नम्बर ८ को मौरेमा रहेका १५ वटा र वडा नम्बर ४ मा रहेका १० वटा पसल समेत बगाएको अयडीको भनाई छ । नगरपालिकाको वडा नम्बर ६ र ५ लाई जोड्ने सेरीको झोलुङ्गे पुल समेत बगाएको उनले बताए । साथै वडा नम्बर ६, ७, ८ र ९ लाई नगरपालिकाका केन्द्रसँग जोड्न बनाइएको काठे पुल समेत बगाएको उनले बताए ।
तस्बिर : जङ्ग अयडी