गजल

गजल
गजल
August 22, 9:30

गरुँला चुक्ता हिसाब पाइ-पाइ म सोचिरहेछुँ।
बेकार लडिएछ नि त्यो लडाइ म सोचिरहेछुँ।

अब त के सम्झिन्थ्यौ नि कमरेड तिनका दुःख,
जसले दिन्थे भात आफू नखाइ म सोचिरहेछुँ।

भनियो उहिले काम नै मुल्यांकनको आधार हो
तर त्यो रहेछ पोस्ट,सेयर,वाइफाइ म सोचिरहेछुँ।

खुब क्रान्तिका कुरा गर्थेउ नि उहिले त हामीलाई
चौरमा बटुलेर मान्छे गीत गाइ गाइ म सोचिरहेछुँ।

हेर एकदिन तिम्रो घमण्ड नि जलेर खरानी हुनेछ
कोहि हिम्मत नगर्ला र कोर्न सलाइ म सोचिरहेछुँ।

अहिले पो त पदमा छौ र सबैले नमस्कार गर्दा हुन
बिर्सियौ सडकमा छदाका दाजुभाइ म सोचिरहेछुँ।

धर्मानन्द भट्ट
महेन्द्रनगर

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा