Aagan-cakes-web-banner-2

✍️गजल💠

कंचनपुर
August 23, 8:25

 २०७७ भाद्र ७ गते आइतबार

तिमी हौ फूल डालीको, तिमी नै हौ सुवासना।
तिमी भक्ती तिमी पूजा, तिमी नै हौ उपासना।।

म पूजा गर्दछुँ प्रिया, किन त्यो मन्दिर धाउनु
तिमी कैलाश झै मेरो, तिमी मेरी मनकामना।

तिमी हौ घरकी लक्ष्मी, तिमी नै हौ सरस्वती
म तिम्रै गरुँला पूजा, तिम्रो नै स्तुति वन्दना।

गुलाफी ओठमा हेरुँ, कि हेरूँ चक्षु चञ्चल,
र आँखा बन्द झै राखी,गरुँ म काव्य सिर्जना।

म तिम्रै गीत गाऊँ झै, बसूँ झै म समीपमा,
छातीमा बिम्ब टासेर, भरूँ म कापिका पना।

धर्मानन्द भट्ट
कन्चनपुर

सम्बन्धित वर्गका समाचारहरू

को बन्ला च्याम्पियन ?
काठमाडौं, २ असोज । कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै… विस्तृतमा
डेउडा प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न 
धनगढी –  कैलालीको धनगढीमा डेउडा प्रतिष्ठान केन्द्रीय समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ ।… विस्तृतमा
'नेपाल आइडल ४' को निर्णायकमा शम्भूजित बास्कोटा, सुगम…
काठमाडौं : 'नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्। फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो… विस्तृतमा
मन्त्री जोशीद्वारा ओल्के पर्वका अवसरमा शुभकामना व्यक्त !
धनगढी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिमको मौलिक… विस्तृतमा