एक महिना भित्र धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल बनाइने 

Covid Hospital
Covid Hospital
November 10, 5:21

धनगढी – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ । प्रदेशमा लक्षणसहितका सङ्क्रमित बढेपछि सेती मातहतकै अस्थायी कोरोना अस्पतालमा थप ५० शय्याको कोरोना अस्पताल बन्ने भएको हो । कोभिड अस्थायी अस्पताल भरिएपछि प्रदेश सरकारले शय्या थप्ने तयारी गरिएको जनाएको छ । 

प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले कोभिड अस्थायी अस्पतालमा थप ५० शय्या विस्तार गर्न प्रक्रिया थालिएको जानकारी दिए । कार्कीका अनुसार सहरी विकास तथा भवन निर्माण कार्यालयले शय्या विस्तारका लागि आवश्यक पर्ने भवन निर्माणका लागि प्राविधिक अध्ययन थालेको छ ।

 

कार्यालयले शुक्रवारसम्म अध्ययन गरेर लागत स्टमेट पेस गरेपछि अन्य प्रक्रिया थालिने कार्कीले बताए । छोटो बाटोबाट एक महिनामा काम सम्पन्न गर्ने गरी उक्त प्रक्रिया थालिएको उनको भनाई छ । 

 

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको कोभिड अस्थायी अस्पतालमा ५१ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

 

५० शय्या क्षमता रहकोमा ५१ सङ्क्रमितको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार जटिल अवस्थाका १५ जनाको सघन उपचार कक्ष आइसियुमा उपचार भइरहेको छ ।

१० शय्याको आइसियु सेट अप रहेको अस्पतालले जनरल वार्ड समेत अक्सिजनको उपलब्धता हुने गरी वैकल्पीक व्यवस्था गर्दै २० शय्याको बनाएको छ तर अस्पताल भर्ना भएका १५ जना सङ्क्रमितलाई आइसियुमा राखेपछि अब ५ वटा वैकल्पीक शय्या मात्र खाली छन् ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा