धनगढी मीड सिटी ग्रुपद्वारा फ्रन्टलाइनर र विपन्नलाई सहयोगार्थ अभियान थालनी, प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

mID CITY
mID CITY
May 22, 2:34

२०७८ जेठ ८ 

धनगढी - धनगढी मीड सिटी ग्रुपले कोरोना महामारीको समयमा समस्यामा परेका नागरिक तथा फ्रन्टलाइनरको सहयोगका लागि अभियानको थालनी गरेको छ । अभियानमा महामारी नियन्त्रणको अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सम्पूर्ण फ्रन्टलाइनरलाई स्वास्थ्य सामग्री सहयोग गरिने धनगढी मीड सिटी ग्रुपले जनाएको छ । साथै अभियान अन्तरगत निषेधाज्ञाको मारमा परेका आम नागरिकको सहयोगका लागि पनि सक्दो पहल गरिने धनगढी मीड सिटी ग्रुपले जनाएको छ । 

MID cITY

शनिवारबाट अभियानको थालनी गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल पत्रकार महासङ्घ कैलालीलाई स्वास्थ्य सामग्री अन्तरगत मास्क, स्यानिटाइजर सहयोग गरिएको धनगढी मीड सिटी ग्रुपका अध्यक्ष श्यामकृष्ण खतिवडाले बताए । महामारी नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएका नेपाल प्रहरीका लागि भनेर जिल्ला प्रहरी कार्यालय कैलालीमै पुगेर र पत्रकारका लागि महासङ्घको धनगढी स्थित कार्यालयमै पुगेर सहयोग गरिएको हो । साथै भारतबाट आउने नेपालीहरूका लागि आज गौरिफन्टा नाकामा पानी वितरण गरिएको उनले बताए । 

MID cITY

ग्रुपले प्रहरीसँगको समन्वयमा महामारीमा समस्यामा पेका नागरिकको सहयोगका लागि आगामी दिनमा काम गर्ने जनाएको छ । 

MID cITY MID cITY

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा