महासचिव खड्काको कोरोनाका कारण निधन

khadka pice
khadka pice
June 09, 7:10

प्रकाश बम,जेठ २६ 
डोटी । डोटी निर्माण व्यवसायी संघका महासचिव देबेन्द्र खड्काको  निधन भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ खिरशैन निवासी खड्काको ४४ बर्षको उमेरमा कोरोना संक्रमणका कारण निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि धनगढीमा उपचारका क्रममा निधन भएको हो ।
    जेठ महिनाको पहिलोसाता खड्का कोरोना संक्रमित आफ्नो सालाको उपचारमा सहभागी भएको पारिवारिक स्रोतले जनाएको छ । सालाको  उपचार पश्चात जेष्ठ ९ र १० गते खड्काको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुरुमा केजी अस्पताल धनगढीमा भर्ना गरिएको थियो ।
ञकेजी अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको भेण्टिलेटरमा उनको उपचार भैरहेको थियो । केहि महिना अगाडि पत्थरियाको अप्रेसन गरेका उनी सुगरका समेत बिरामी रहेको अस्पतालले जनाएको छ । ‘बचाउन धेरै प्रयास गरियो तर सकिएन’ उनका आफन्त भरत बहादुर खड्काले भने । उनले भने, ‘यो महामारीले हुनहार ब्यक्तिले अकालमा ज्यान गुमाउँदा निक्कै मर्माहत भएको छु । यसरी दैनिक सयौं जनाले अकालमा ज्यान गुमाउँदा समेत सरकार मुख दर्शक भएको छ ।’
    शोक वक्तव्य निकाल्दै निर्माण व्यवसायी संघ डोटीका अध्यक्ष प्रेम शंकर भट्टले स्व.खड्काको निधनले निर्माण व्यवसायमा अपुरणिय क्षति पुगेको भनिएको छ । त्यस्तै डोटी उद्योग बाणिज्य महासंघका महासचिव दिपक बहादुर खड्काले स्वर्गीय खड्काको निधनले जिल्लालाई ठुलो क्षति भएको जनाएका छन् ।
    उपचारका क्रममा बुधबार बिहान साढे पाँच बजेको समयमा उनको निधन भएको थियो । मृतक खड्काको बुधबार नै गोदावरी  क्षेत्रमा पर्ने आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनले नेत्र निर्माण सेवाको फर्म मार्फत लामो समयदेखि सफल निर्माण व्यवसायीको पहिचान बनाएका थिए । खड्का सामाजिक क्षेत्रमा समेत निक्कै सक्रिय थिए । उनका दुई छोरा र एक छोरी रहेका छन्

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा