कोरोना संक्रमीत लाइ पौष्टिक आहार

doti
doti
June 10, 10:41

 डोटी, जेठ २७
 मानवीय सेवामा अनेकौ प्रयास (साइन नेपाल) संस्था धनगढीले १५० जना कोरोना संक्रमीत लाइ पौष्टिक आहार वितरण गरेको छ । डोटी जिल्लाको आदर्श गाउपालीका वडा नम्वर १ चासीका कारोना संक्रमीत लाइ पौष्टिक आहार वितरण गरिएको हो ।
साइन नेपालका अध्यक्ष भक्तराज जोशीले गाउपालीकाका स्वास्थ्य शाखा प्रमुख वमवहादुर खड्का मार्फत चासीमा रहेका कोरोना संक्रमीतहरुलाइ उक्त पौष्टिक आहार वितरण गरेका हुन् ।
           वितरण गरिएको पौष्टिक आहारमा चना, अण्डा, काजु, चेमनप्रास, हर्लीक्स, तोरीको तेल, भिटामीन र औषधी लगायतका सामग्रीहरु रहेको संस्थाका अध्यक्ष भक्तराज जोशीले वताएका छन् । पौष्टिक आहार बुझ्दै पालीकाका स्वास्थ्य शाखा प्रमुख वमवहादुर खड्काले पौटिक आहारका सामाग्रीले संक्रमीतहरुको मनोवल उच्चहुने र संक्रमण वाट मुक्त हुन सहयोग पुग्ने र आगामी दिनमा पनी सहयोगको अपेक्षा रहेको वतायका छन् । पौष्टिक आहार प्राप्त भए पछी कोरोना संक्रमीतहरु खुसी हुदै संस्थाका अध्यक्ष भक्तराज जोशीलाइ धन्यवाद ज्ञापन गरेका ।
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा