शाहको निधन , स्तव्ध डोटी क्याम्पस

doti
doti
June 13, 4:45

प्रकाश बम,  
दुई दशकदेखि निरन्तर शिक्षण पेशामा आवद्ध शिक्षक सुदर्शन शाहको निधन भएको छ। डोटी बहुमुखी क्याम्पसका उपप्राध्यापक शाहको ४६ वर्षको युवा उमेरमा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार दिउँसो २ बजे निधन भएको हो । 
    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ डोटी क्याम्पसका सभापतिसमेत रहेका शाह मिर्गौलामा समस्या झेलिरहेका थिए । भाइ हरिश शाहका अनुसार उपप्राध्यापक शाहको स्वास्थमा समस्या आएपछि उपचारका लागि जेठ पहिलो साता धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार गरेका थिए । 
    चेकजाँच गरे पश्चात दुवै मृगौलामा समस्या र कोरोना पोजेटिभ देखाएको थियो । उनी केही दिन सेती अस्पताल धनगढीमा रहेको कोभिड अस्पतालको आइसीयूमा समेत बसेर उपचार गरेको अस्पताल श्रोतले जनाएको छ । धनगढीमा उपचार सम्भव नभएपछि कोहलपुर लगिएको थियो । दुवै मिर्गौलाले काम गर्न छोडेपछि डायलासिस विधिबाट उनको उपचार गरिँदै थियो । उनलाई केही समय अगाडि कोरोना संक्रमण देखिए पनि शनिबार बिहानको रिपोर्ट नेगेटिभ आएको थियो । दिपायल सिलगढी नगरपालिका–४ निवासी शाहका श्रीमती, दुई छोरी र एक छोरा छन् ।  उनको दाहसंस्कार आइतबार हिन्दू परम्परा अनुसार गरिने आफन्तले जनाएका छन् ।                          
२० वर्षदेखि शिक्षण पेशामा आवद्ध थिए शाह                
दिपायल सिलगढी नगपालिका –४ निवासी मृतक शाह बीस वर्षदेखि शिक्षण पेशामा आवद्ध थिए । उनी ०५८ सालमा डोटी बहुमुखी क्याम्पसमा आंशिक शिक्षकका रुपमा क्याम्पसमा शिक्षण पेशामा प्रवेश गरे । शिक्षण पेशामा लागेको एक वर्षपछि सिलगढीबाट दिपायल  घर जाने बेला सिलगढी बसपार्क नजिक जिप दुर्घटनामा  परे । 
उनी बसेको जिपमा सवार कयौंको ज्यान गयो । उनी उपचार पश्चात बाँच्न सफल भए । तर उनी अशक्त भए । उनी अशक्त भए पनि  शिक्षण पेशामा नै कृयाशील रहे । अशक्त भए पनि ह्विलचियरकोसाथमा शिक्षण पेशामा निरन्तर अगाडि बढेको बताउँछन् त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ डोटी बहुमुखी क्याम्पसका सचिव टिका फुलारा । 
उनका अनुसार मृतक शाह ०६१–०६२ तिर कोर्स करार हुँदै शिक्षण सहायकमा नियुक्त भए । २०७३ सालमा लिएको उपप्राध्यापकको स्थायी परीक्षामा मृतक शाहले नाम निकाल्न सफल भए । 
पाँच वर्षदेखि स्थायी गणित विषयको उपप्राध्यापक थिए । जिल्लामा मृतक शाह गणित विषयका विज्ञ शिक्षक तथा असल शिक्षकको परिचय बनाउन सफल भएको फुलारा सम्झन्छन् ।                                   
डोटी बहुमुखी क्याम्पस डोटीका क्याम्पस प्रमुख दिनानन्द जोशी भन्छन्, ‘त्रिविको शिक्षाको स्तर उकास्न शाहको भूमिका महत्वपूर्ण रहेको थियो । उनले शिक्षा क्षेत्रमा पुर्याएको योगदान अमूल्य रहेको छ । उनको निधनले क्याम्पस र शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको छ।’              
‘शिक्षण गर्दा सधै सहज तरिकाले अध्यापन गरेर सबै विद्यार्थीलाई  बुझाउनु हुन्थ्यो’, कक्षा ११ देखि स्नातकसम्म गणित विषय अध्ययन गरेका विद्यार्थी लोकेन्द्र बिष्ट भन्छन् ।
उनलाई केही दिन अगाडि फोन गरेर शाहले राम्रोसँग काम गर्न भनेका थिए । सम्झदै भने, ‘अहिले दुःखद खबर सुनिदै छ। ख्याल गर्नु भन्नु भएको थियो । तर आज भने तीन हप्ता नबित्दै यस्तो  दुःखद खबर सुन्दा मर्माहत छु।’

 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा