नेता बलायर द्धारा स्वास्थ्य सामाग्री वितरण 

doti news
doti news
June 13, 7:39

डोटी, ३० जेठ
नेपाल तरुण दलका नेता ललित वलायरले शिखर नगरपालिका वडा नं १० लाई आइतवार स्वास्थ्य सामग्री सहयोग गरेका छन ।  सहयोग गरेको स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क तीन हजार र कपडाको मास्क पाँचहजार रहेको तरुण दल नेता ललित वलायरले वताए । एक व्यक्ति एक मास्क अभियान अन्तर्गत शिखर नगरपालिका वडा नं १० वाट शुरु गरेको वताउदै नेता वलायरले भने– ’सम्भव भए अभियान अरु ठाउमा पनि लागुनेछ ।’ 
कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले प्राप्त भएको मास्कले वडा वासिलाइ कोरोनावाट शुरक्षित रहन सहयोग पुग्ने वताए । त्यसैगरि कार्यक्रममा शिखर नगरपालिका वडा नं १० का वडा अध्यक्ष मीन वहादुर वलायरले सहयोग भएको मास्कले वडालाई राहत मिलेको वताए । यस्तो कोरोनाका समयमा सम्पूर्ण सहयोगी निकायलाइ सहयोगका लागि उनले अनुरोध गरे । तरुण दल नेता वलायरले डोटीका विभिन्न ठाउमा यो भन्दा पहिले पनि खाद्दान्न सहयोग गरेका थिए ।
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा