सुरक्षित मातृत्व सञ्जालको एक महिने रक्तदान अभियान सम्पन्न

dhn news
dhn news
June 13, 9:28

धनगढी,३०जेठ । 
धनगढीमा सञ्चालित एक महिने रक्तदान अभियानमा ३ सय ५० पिण्ट रगत संकलन भएको छ । कोरोना महामारीकाबीच बिरामीहरुका लागि रगतको अभाव नहोस् भन्ने उदेश्यले सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले जेठ १ गते देखि एक महिने रक्तदान अभियान सञ्चालन गरेको थियो । ‘रक्तदान, जीवनदान’ नारासहित धनगढीको रंगशाला मैदानमा एक महिना सम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।
आईतवार उक्त रक्तदान अभियानको समापन गरिएको छ । समापन कार्यममा सञ्जालका प्रदेश संयोजक विनय लामाले एक महिनाको अवधिमा ३ सय ५० पिण्ट रगत संकलन भएको जानकारी दिए । पछिल्लो समयमा कोरोना कहर पनि घट्दै गएको र अस्पतालमा रगतको अभाव पनि नभएकाले रक्तदान अभियान अहिलेलाई समापन गरिएको संयोजक लामाले बताए ।
हरेक दिन बिहान ७ देखि १० बजे सम्म सञ्चालन हुँदै आइरहेको यस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कैलाली र धनगढी उपमहानगरपालिकाले सहकार्य गरेको सञ्जालका कैलाली जिल्ला अध्यक्ष तपेन्द्र भुषालले जानकारी दिए । यस्तै १८ वटा विभिन्न संघ, संस्था, युवा क्लबहरु,सामुदायिक वन, प्रतिष्ठानहरु लगायतको संयोजनमा रक्तदान भएको उनले बताए ।
आइतबार अभियानको समापन गर्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुुर वडले सञ्जालले सञ्चालन गरेको यस अभियानले महामारीका बेला बिरामीहरुलाई ठूलो राहत भएको बताए । उनले आगामी दिनमा पनि रगतको अभाव हुन सक्ने हुँदा सहयोगका लागि तयार रहन आग्रह गरे ।
सञ्जालका प्रदेश संयोजक लामाले अहिले रक्तदान अभियान समापन गरिएको र असार २ गतेदेखि कोरोना महामारीसँगै निषेधाज्ञाले समस्यामा परेका गर्भवती, एकल महिला, अपांग, विपन्न व्यक्तिहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
उनले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका गरि ६सय ५० जनालाई प्रति व्यक्ति ४ हजार बराबरको पोषणयुक्त खाद्यान्न वितरण गरिने जानकारी दिए। पछिल्लो समय यो सञ्जालले खासगरी महिला र बालबालिकाको स्वास्थ्यका क्षेत्रमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा लगातार काम गरिरहेको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा