प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

news
news
June 14, 9:21

कञ्चनपुर, ३१ जेठ । 
प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले कञ्चनपुरको बेलौरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बेलौरी नगरपालिका कार्यालयद्वारा वडा नम्बर ९ कुण्डामा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि केन्द्रले स्वास्थ्य सामग्री उपलब्ध गराएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । 
उहाँका अनुसार, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले   बेलौरी नगरपालिकालाई पल्स अक्सिमिटर ५ थान, पिपिई सेट १० थान, थर्मल गन १ थान, थर्मामिटर १० थान, मास्क २ हजार पिस, फेस सिल्ड ५० थान, स्टिमर ५ थान, गम बुट ५ जोर र सेनिटाइजर ५ पिस सहयोग स्वरूप उपलब्ध गराएको छ । 
ती स्वास्थ्य सामग्रीहरू बेलौरी नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरी, वडाध्यक्षद्वय नन्दकुमार राना र शमशेर सिंह पेला तथा कोभिड फोकल पर्सन मान बहादुर चन्द लगायतको रोहबरमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीलाई हस्तान्तरण गरिएको बताइएको छ । कोभिड १९ महामारी रोकथाम तथा प्रतिकार्यको लागि प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले दि मेकानल फाउन्डेसनको सहयोगमा स्वास्थ्य सामग्रीहरू बेलौरी नगरपालिकालाई उपलब्ध गराइएको प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति लक्ष्मी साउदले जानकारी दिनुभयो । जल, जमिन र जङ्गलसँग सम्बन्धित विवादहरू समाधानमा सहजीकरण गर्दै मेलमिलापको क्षेत्रमा कार्यरत संस्था प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले कोभिड महामारीको समयमा थोरै भएपनि स्थानीय तहलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको उहाँको भनाइ छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा