राजधानी बनाउन जग्गा पाएनौंः मन्त्री शाह

shaha news
shaha news
June 16, 10:28

मोहन पनेरु
कैलाली, असार २– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले स्थायी राजधानी स्थापना गर्न जग्गा उपलब्ध हुन नसकेको बताएका छन् ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटका विषयमा आयोजना गरिएको पक्रकार सम्मेलनमा बोल्दै उनले जग्गा अभावका कारण प्रदेश राजधानीका लागि आवश्यक संरचना बनाउन नसकिएको बताएका हुन् ।
प्रदेश सभा श्रृगार गर्नका लागी यस बर्षको बजेट १८ करोड ७८ लाख विनियोजन गरिएको तर प्रदेश राजधानीका संरचना निर्माणका लागि २ करोड ७२ लाख मात्रै किन भन्दै पत्रकारहरुले मन्त्री शाहलाई प्रश्न गरेका थिए ।
‘नयाँ राजधानी बनाउनुपर्ने प्रदेश सभाले, बहुमतबाट निर्णय गरेका थियौं । अझै कार्यान्वयन हुनसकेको छैन् । त्यो हाम्रो कारणले भन्दापनि जग्गा प्राप्ती हुने कुरा थियो । संरचना त आकाशमा बन्दैन् । धर्तीमै बन्ने हुन’ उनले भने । उक्त विषयमा सर्वाच्च अदालतमा मुद्दा परेको स्मरण गराउँदै उनले अगाडी भने, ‘संघीय वन मन्त्रालयमा हामीले पटक–पटक पत्रचार गरेका छांै । हामीले जगा प्राप्ती नगरेको स्थिति हो । आकाशमा संरचना बनाएर त सम्भव छैननी ? शाहले चर्को आवाजमा  भने जमिन उपलब्ध नभएकाले त्या संरचना निर्माण गर्न सकिएको छैने ।’
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा