कोरोना भाइरसको नयाँ भेरियन्ट ’ए वाइ वान’  पुष्टि

news
news
June 17, 8:45

 कैलाली,असार ३ – 
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भेरियन्टको पुष्टि भएको हो । 
नयाँ पुष्टि भएको भरियन्टको नाम ए वाइ वान (डेल्टा प्लस) राखिएको छ । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो । कोरोनाको दोस्रो लहरको समयमा भारतमा डेल्टा भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो  । यो भेरियन्ट भारतको आन्ध्र प्रदेश, महाराष्ट्र, तेलङ्गनालगायतका ठाउँमा पुष्टि भएको छ । 
डेल्टाबाट नै म्युटेट भएर डेल्टा प्लस बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।  तर, अहिलेसम्म यसको सङ्क्रमण त्यति जोखिमपूर्ण नदेखिएको वैज्ञानिकहरुको भनाइ छ । यो भेरियन्टबारे थप अनुसन्धान भइरहेको छ । यो भेरियन्ट पहिलो पटक गएको मार्चमा युरोपमा पुष्टि भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा