२ हजार ६५८ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाए 

news
news
June 17, 11:22

बैतडी,असार ३ –बैतडीमा कोरोना भाईरस विरुद्धको भेरोसेल खोप २ हजार ६५८ जना नागरिकले लगाएका छन् । गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान अन्तर्गत नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
खोप लगाउन ६२ देखि ६४ बर्ष उमेर समूह तोकिएपनि अन्य उमेर समूहका नागरिकले पनि खोप लगाएका छन् । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४९९ जनाले खोप लगाएका छन् ।
यस्तै पाटन नगरपालिकामा ३३१ जना, पुर्चौंडी नगरपालिकामा ३२५ जना, मेलौली नगरपालिकामा २४२ जना र डिलाशैनी गाउँपालिकामा २५८ जनाले खोप लगाएका छन् ।
यसैगरी दोगडाकेदार गाउँपालिकामा २७० जना, शिवनाथ गाउँपालिकामा २०९ जना, सिगास गाउँपालिकामा २४२ जना, सुर्नया गाउँपालिकामा १८५ जना र पञ्चेश्वर गाउँपालिकामा १०१ जनाले खोप लगाएका छन् । जिल्लामा ३ हजार ७८० डोज खोप आएको र केही ठाउँमा अहिले पनि खोप लगाउने कार्य भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
भेरोसेल खोपको दोश्रो मात्रा २८ दिनपछि लगाउनुपर्ने हुन्छ । भेरोसेल खोपको दोश्रो मात्रा मौज्दात राखेर पहिलो डोज दिइएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए  ।
कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकले दोश्रो मात्रा नपाएकाले भेरोसेल खोप भने दोश्रो मात्रा मौज्दात राखेर मात्रै दिइएको उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा