अनिरुद्रद्वारा शिवनाथ गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण 

news baitadi
news baitadi
June 17, 7:09

बैतडी,असार ३ – बैतडीको शिवनाथ गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा अनिरुद्र ग्रामीण सुधार केन्द्रले ४ थान अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले जानकारी दिए ।
गाउँपालिकालाई ३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका हुन् । अक्सिजन सिलिण्डरका साथै अक्सिमिटर, मास्क, सेनेटाइजर, ह्याण्डवास लगायतका स्वास्थ्य सामग्री वितरण गरिएका उनले बताए । बिहीबार गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका कार्यक्रम निर्देशक अवस्थीले बताए ।
यसअघि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको अनिरुद्र ग्रामीण सुधार केन्द्रले जनाएको छ । पञ्चेश्वर गाउँपालिका,सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिने बताइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा