एक सय जनालाई सरसफाई झोला वितरण

news doti
news doti
June 17, 8:55

डोटी,असार ३ 
डोटीको आदर्श गाउँपालीकाका होम आईसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई द सेभेन नेपाल नामक संस्थाले सरसफाईका सामग्री वितरण गरेको छ । आदर्श गाउँपालीका–१ को चाँसीका एक सय जनालाई सरसफाईका सामग्रीहरु वितरण गरिएको हो । आशिष चर्च दिपायलको सहकार्य र आदर्श गाउँपालीकाको समन्वयमा गाउँपालीकाका प्रशासकीय अधिकृत सुरत परियारलाई द सेभेन नेपालका अध्यक्ष गांगी बलायरले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
करिब ६० हजार बारबरको समाग्रीहरुमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरसफाईमा ध्यान दिनुपर्छ भन्दै साबुन, मन्जन, नङ्कट, मास्क लगायतका स्वास्थ्य सरसफाईका सामग्रीहरु वितरण गरिएको हो । यस विपदको अवस्थामा सहयोग गरेको भन्दै आदर्श गाउँपालीका स्वास्थ्य ईकाई केन्द्र चाँसीका अहेब प्रकाश खड्काले संस्थालाई धन्यवाद ज्ञापन समेत गरेका छन् । यी स्वास्थ्य सरसफाईका सामग्रीले होम आईसोलेसनमा बसेकाहरुबाट संक्रमण फैलन नदिन ठुलो टेवा मिल्ने उनले बताए ।
डोटीमा भर्खर मात्र स्थापना भएको द सेभेन संस्थाले देश विदेशका विभिन्न मनकारी व्यक्तिहरुबाट आर्थिक संकलन गरेर विभिन्न प्रकारका परोपकारी कामहरु गर्दै आएको संस्थाका अध्यक्ष बलायरले बताए । उनले आगामि दिनमा संस्थामार्फत शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, वाल संरक्षण र जिविकोपर्जनका क्षेत्रमा विभिन्न कामहरु गर्ने बताए । news doti

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा