अस्पतालमा पैसाको चलखेल

news
news
June 18, 7:17

बाजुरा असार ४ । बाजुरा अस्पतालले अक्जिसन प्लान्ट खरिदको बोलपत्र स्वीकृत गर्दा ३७ लाख रुपैयाँ भन्दा बढी चलखेल भएको देखिएको छ ।
प्राविधिक पक्ष नमिलेको भन्दै सस्तोमा प्रस्ताव गरेको कम्पनीलाई हटाएर महङ्गोमा ठेक्का प्रस्ताव गरेको कम्पनीलाई छनौट गरेर बाजुरा अस्पतालले ३७ लाख महंगोमा प्लान्ट किन्ने तयारी गरेपछि चलखेल भएको आरोप लागेको छ ।
दार्चुला अस्पतालले नै सोही क्षमताको र उस्तै अक्सिजन प्लान्ट ६९ लाख ८४ हजार रुपैयाँ(भ्याटबाहेक) मा खरिद गर्दैछ । जबकी बाजुरा अस्पतालले उस्तै अक्सिजन प्लान्ट ३७ लाख १६ हजार महंगोमा खरिद गर्ने तयारी गरेको हो ।
दार्चुला अस्पतालले माग गरेको अक्सिजन प्लान्टको विवरण
यति फरक मूल्यमा एउटै अक्सिजन प्लान्ट आपूर्ति गर्ने जिम्मा दुबै अस्पतालको एउटै  कम्पनीले पाएको छ । दार्चुला र बाजुरामा अक्सिजन प्लान्ट आपूर्ति गर्ने जिम्मा हेल्थ केयर सप्लायर्स,काठमाडौंले पाएको छ । हेल्थ केयरले बाजुरा अस्पतालमा भ्याट बाहेक १ करोड ७ लाख रुपैयाँमा ठेक्का पाएको छ भने सोही कम्पनीले दार्चुला अस्पतालमा  सोही क्षमताको उस्तै अक्सिजन प्लान्ट भ्याटबाहेक ६९ लाख ८४ हजार रुपैयाँमा ठेक्का हात पारेको  छ । यो ३७ लाख १६ हजारको फरक हो ।
बाजुरा अस्पतालले माग गरेको अक्सिजन प्लान्टको विवरण
स्रोतका अनुसार बाजुरा अस्पतालले बोलपत्र स्वीकृत गर्दा सस्तो प्रस्ताव नगरेको कम्पनीलाई नदिएर महंगोमा प्रस्ताव गरेको दिएको थियो ।
बाजुरा अस्पतालका निमित्त सुपरीटेण्ड डा. प्रकाशराज जोशीले भने प्राविधिक कुरा नमिलेकाले दोस्रो महंगो प्रस्ताव गरेको कम्पनीलाई दिएको दाबी गरे ।
उनले भने,“हामीले प्राविधिक कुराहरू नमिलेपछि हामीले केही महंगो प्रस्ताव गरेको कम्पनीलाई दिएका हौं ।” तर बाजुरा र दार्चुला अस्पतालको अक्सिजन प्लान्टको प्राविधिक स्पेसिफिकेसनमा कुनै फरक छैन ।
बाजुरा अस्पताल स्रोतले भन्यो,“प्राविधिक कारणले सस्तोमा प्रस्ताव गर्नेलाई दिएन होला भन्ने भयो तर दार्चुला अस्पतालको पनि डकुमेन्ट हेरेपछि चलखेल नै हो भन्ने पक्का भयो ।” अस्पताल स्रोतले थप भन्यो,“कम्पनी फरक भएपनि मुल्य फरक प¥यो भन्न सकिन्थ्यो तर उही कम्पनीले ल्याउनेमा कसरी फरक पर्छ ?”
दार्चुला अस्पतालले अक्सिजन प्लान्ट खरिदका लागि जेठ २० गते बोलपत्र अव्हान गरेको थियो भने ३० गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना निकालेको छ । त्यस्तै जेठ २० गते नै बाजुरा अस्पतालले पनि बोलपत्र आव्हान गरेको थियो र ३० गते निर्णय गरेर असार १ गते स्वीकृतको आशय सूचना जारी गरेको थियो ।
एकै दिन आव्हान भएको बोलपत्रमा एकै दिन आशयको सूचना प्रकाशित गरेका दुबै अस्पतालको ठैक्का एउटै कम्पनीले पाएको छ । तर मूल्यमा भने ठूलो अन्तर परेपछि बाजुरा अस्पतालमा हल्लिखल्ली भएको छ ।

                                                                                                                 दयाराम पण्डित द्धारा लिखित समाचार । सभार ः लुम्बिनी सञ्चार

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा