सफल शल्यक्रिया,पेटबाट ७ किलोको मासुको डल्लो निकालियो

news
news
June 18, 9:01

कैलाली,असार ४ 
धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा एक महिलाको पेटबाट ७ किलोको मासुको डल्लो   निकालिएको हस्पिटलका प्रबन्धक कुबेर बहादुर शाहीले बताए । बिगत १२ वर्षदेखि पेटको समस्या झेल्दै आएकी कैलालीको गोदावरी नगरपालिका ११ कि ६० वर्षीया नरपता कामीको पेटबाट शल्यक्रिया गरेर उक्त ट्युमर निकालिएको हो ।
निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.नजमुस्सबा अन्सारी, एनेस्थेसियोलोजिस्ट डा.हेमन्त ओझा, बरिस्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा.मिराज आलम अन्सारीलगाएतको टिमले सल्यक्रिया सफल गरेको खप्तड अनलाईनलाई जानकारी दिएका छन । 
उहाँका आफ्न्तका अनुसार १२ वर्ष अघि भारतमा चेकजाँच गर्दा सासु नरपताको पेट भित्र सानो मासुको डल्लो रहेको र अप्रेशन गर्नुपर्ने सुझाब डाक्टरले दिएका थिए । केही समय औषधि मात्रै खाएर बस्दा नरपताको पेटको अकार १ वर्ष अघिदेखि भने अस्वाभाविक रुपमा ठूलो हुँदै गएको थियो । उहाँले अप्रेशन गर्न नमानेपछि नरपताको पेटमा मासुको डल्लोले बिस्तारै आकार लिन थालेको परिवारका सदस्यले बताएका छन  ।  
एकाएक पेट फुलेर ठूलो र गाह्रो भएपछि उहाँका ज्वाई रामबहादुर कामीले सासुको धनगढीमै सिटी स्क्यान गराएका थिए ।  हेर्दा मासुको डल्लो देखिएको र क्यान्सरको सम्भावना भएको अनुमान गरिए पनि  रिपोर्ट  हेर्दा क्यान्सर नभएको पुष्टि भएपछि अप्रेशन गरिएको हो ।  
समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाइ छ । सल्यक्रिया पछि नरपताको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा