होम आइसोलेसन किट युक्त झोला प्रदान

news
news
June 19, 7:51

कञ्चनपुर ,असार ५ । 
कञ्चनपुर जिल्लामा रहेका कोभिड सङ्क्रमित बिरामीहरूका लागि करिब ३९८ थान होम आइसोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्किसोर नेपालको सहयोगमा कञ्चनपुर जिल्लाका ८ वटा पालिकाहरूलाई हस्तान्तरण गरिएको छ । कञ्चनपुर जिल्लाका भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका, दोधाराचाँदनी नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकालाई होम आइसोलेसनमा रहेका सङ्क्रमितहरूका लागि सामान्य स्वास्थ्य जाँच गर्न सहज र थप बल पुगोस् भनी स्वास्थ्य सामग्री वितरण गरिएको एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार कोभिड सङ्क्रमण भई घरमै होम आइसोलेसनमा बसी स्वास्थ्य लाभ लिइरहनु भएका  बिरामीहरूका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको न्यूनतम मापदण्ड अनुरूप आइसोलिन तथा सरसफाइ किट वितरण गरिएको हो । उक्त किट सामग्रीहरू मध्ये प्रत्येक किट झोलामा गाइड किताब एक थान र ब्याट्री सहित डिजिटल थर्मामिटर १ थान, ब्याट्री सहित पल्स अक्सिमिटर १ थान, वयस्कको लागि सर्जिकल मास्क ५० थान, बच्चाको लागि सर्जिकल मास्क ५० थान, स्यानिटाइजर १ बोतल (२५० मिलि), ग्लोभ्स १ प्याकेट, टिस्यु पेपर २ रोल, सेनेटरी प्याड १ प्याकेट, हात धुने साबुन २ वटा र झोला १ वटा रहेका छन् ।
सबै पालिकामा करिब ३९८ थान किट झोला वितरण गरिएको छ । उक्त स्वास्थ्य सामग्रीहरू बिहीबार र शुक्रबार गरी दुई दिनको अवधिमा भीमदत्त नगरपालिकामा ११७ थान किट झोला, वेदकोट नगरपालिकामा २४ किट झोला, शुक्लाफाँटा नगरपालिकामा २५ किट झोला र कृष्णपुर नगरपालिकामा २५ किट झोला, दोधाराचाँदनी नगरपालिकामा १४ किट झोला, पुनर्वास नगरपालिकामा ९० किट झोला, बेलौरी नगरपालिकामा ८२ किट झोला र लालझाडी गाउँपालिकामा २१ किट झोला वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरका उपसभापति मञ्जु दाहालले बताउनु भयो ।
उक्त सामग्रीहरू वितरण कार्यक्रम अन्तर्गत रेडक्रस जिल्ला शाखाका उपसभापति एवं प्रदेश सदस्य मञ्जु दाहालद्वारा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई आइसोलेसन किट हस्तान्तरण गरिएको छ । त्यसैगरी रेडक्रस कृष्णपुर उपशाखाका सचिव दीपेन्द्र बमद्वारा कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमाललाई आइसोलेसन किट हस्तान्तरण गरिएको थियो । त्यस्तै, रेडक्रस कञ्चनपुर जिल्ला शाखाका उपमन्त्री मधु बोहरा र झलारी उपशाखाका सभापति शेर वहादुर साउदले संयुक्त रूपमा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरलाई आइसोलेसन किट हस्तान्तरण गर्नु भएको थियो । रेडक्रस वेदकोट उपशाखा सभापति एवं रेडक्रसकर्मीहरूबाट वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दलाई आइसोलेसन किट हस्तान्तरण गरिएको बताइएको छ । 
त्यसैगरी लालझाडी गाउँपालिकामा रेडक्रस बेलौरी उपशाखाका सदस्य निर्मल रानाद्वारा लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकलाई आइसोलेसन किट हस्तान्तरण गरिएको छ । रेडक्रस कञ्चनपुर जिल्ला शाखाका सदस्य राजेन्द्र श्रेष्ठद्वारा पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापालाई आइसोलेसन किट हस्तान्तरण गरिएको छ । बेलौरी नगरपालिकामा रेडक्रस जिल्ला सदस्य विष्णु प्रसाद तिवारीद्वारा आइसोलेसन किट बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख चित्र कुमारी चौधरी, प्रवक्ता विनोद नेपाली र कोभिड फोकल पर्सन मान बहादुर चन्दलाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा