भाषा सम्बन्धि गोष्ठी सम्पन्न
कैलाली,असार १२
भवेन्द्र सिंह धामी साहित्य सम्बाददाता
गुगुल्डि वाङमय प्रतिष्ठानको आयोजनामा शनिबार भाषिक गोष्ठी सम्पन्न भएको छ।
सुदूरपश्चिमका मातृभाषाहरुको संरक्षण सम्बर्धन तथा बिकास गर्नका लागि गोष्ठीको आयोजना गरिएको हो ।
उपप्राध्यापक वीरबहादुर चन्दको अध्यक्षता सम्पन्न भएको गोष्ठीका प्रमुख अथिति सुदूपश्चिम विश्वविद्यालयका उपकुलपति डा अम्मराज जोशी रहेका थिए। भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी, भाषाविद् प्रा डा माधव प्रसाद पोखरेल, सुदूरपश्चिम विश्व विद्यालयका डिन डा मुकुन्द कलौनी, पुल्चोक क्याम्पसका उप प्रा भुवन बोहरा तथा मदन पुरस्कार बिजेता नर ब साउद लगायतका व्यक्तिहरुले भाषिक व्यबहार सुधारका साथै संरक्षणत्मक तथा मानकिकरण प्रयासका लागि शब्दकोष निर्माण, मातृभाषी शिक्षा एवम् अध्ययन अनुसन्धानमा जोड दिनु पर्ने धारणा व्यक्त गरेका छन्। कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा अम्मराज जोशीले विश्वविद्यालयले यस क्षेत्रको भाषा साहित्य संस्कृति संरक्षणमा भूमिका निर्वाह गर्ने बताए।
मानसखण्ड फाउण्डेशन, समकालीन साहित्य समाज तथा अन्निफककाको र गुगुल्डि साहित्यिक मासिक पत्रिका सह आयोजक रहेको कार्यक्रमलाई सुदूरपश्चिम विश्वविद्यालयको प्राविधिक सहयोग रहेको थियो। सुदूरपश्चिम सहित प्रदेश बाहिरका गरी ८० जना प्राध्यापक, साहित्यकारहरु उक्त कार्यक्रममा सहभागिता रहेको थियो।