अनुज अशोकका तीन गजल
१)
बिरलै आउँदा हुन ती पल झुपडीमा
नुन, तेल संगै दाल चामल झुपडीमा
मनै त हो मेरि प्रिय बहिनीको पनि
महलको झैँ गर्छे नक्कल झुपडीमा
हुने हरुका दिनहुुँ रंग रुप फेरिन्छन
मेरो बर्षौँ टिक्छ चप्पल झुपडीमा
चेहरा मुस्कुराएमा अक्सर सोच्छन
हुदो रैछ खुसीको पसल झुपडीमा
धनी महलमा एक्लै सुत्न डराउँछन
बरु गरिब रहन्छ अब्बल झुपडीमा
२)
आखा लगाउछन सहरमा आमाले भनेको
जादु मिसाउछ्न नजरमा आमाले भनेको
बाहिर बा,आमा ,छोरा छोरी जस्तै देखिने
शरीर बेचाउछन घरघरमा आमाले भनेको
बलिया हुन्छन गाउले भनी,सहरिया हरु
मोह देखाउछ्न सफरमा आमाले भनेको।
तिमी जस्लाई प्यारो ठान्छौ छोरा उनैले
औला उठाउछ्न उपरमा आमाले भनेको।
जसले चोरेर,ठगेर पेट भर्न भ्याएका छन
खुट्टा कमाउछ्न अवसरमा आमाले भनेको।
३)
यात्रा तय गरियो उ बेला प्रदेश तिर
जोत्न फलाम संग हत्केला प्रदेश तिर
एउटै काखमा हुर्केका दाजुभाइ हरु
बन्न बाध्य छन सौतेला प्रदेश तिर
मुखका मात्र आफन्त हुन जो कोहि
भित्र हुन्छन तिता करेला प्रदेश तिर
हरेक कुराको हेक्का मुस्किल पर्छ
नसोचेकै हुन्छन झमेला प्रदेश तिर
यो देशको हर्कत हेर्दा यस्तो लाग्छ
आधी जवानी सकिएला प्रदेश तिर।
अनुज अशोक ठगुन्ना
बैतडी, हाल धनगढी