धनगढीमा देउडा प्रतिष्ठानको कार्यालय स्थापना

news
news
July 28, 1:49

धनगढी / देउडा प्रतिष्ठानको केन्द्रीय कार्यालय धनगढीमा स्थापना भएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको मुख्य संस्कृतिको रुपमा रहेको देउडाको संरक्षण गर्ने उद्धेश्यले स्थापना भएको सो प्रतिष्ठानको केन्द्रीय कार्यालयको प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले मंगलबार उद्घाटन गरे ।

प्रतिष्ठानले देउडा संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न जरुरी रहेको मन्त्री सोडारीले बताए । उनले प्रतिष्ठानले जग्गा खोजेमा प्रदेश सरकारले घर बनाइ दिने आश्वासन पनि दिए ।

मन्त्री सोडारीले प्रतिष्ठानको कार्यालय सञ्चालनका लागि आफ्नो पारिश्रमिकबाट ४८ हजार रुपियाँ पनि सो अवसरमा हस्तान्तरण गरेका थिए ।

सो अवसरमा देउडा क्षेत्रका स्थापित कलाकारहरुले देउडा लगायतका सुदूरपश्चिमका मौलिक संस्कृति हराउन थालेकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा कलाकार डिक्रा वादी, सूर्यविरही साउद लगायतले डेउडा र ठाडी भाका प्रस्तुत गरेका थिए ।

सो अवसरमा बोल्दै प्रतिष्ठानका अध्यक्ष नरेन्द्रराज रेग्मीले आफूहरुले कलाकार, सरकार र जनतासंग हातेमालो गरेर डेउडा लगायतका संस्कृति जोगाउन लाग्ने प्रतिवद्धता गरे । सचिव भवानी रेग्मीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुरत रावत डोटेली कान्छाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा