डडेल्धुरामा आयुर्वेद उपचार सेवा लिने बढे

news
news
August 05, 3:23

डडेल्धुरा: डडेल्धुरामा पछिल्लो समय आर्युेवेद उपचारप्रति सेवा ग्राहीहरूको आकर्षण बढ्न थालेको छ। जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्रलाई व्यवस्थित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाएपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको हो। 

आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार ५६, र २०७६/०७७ मा ७ हजार ३ सय ८५  जनाले सेवा लिएका छन्। आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमतामा पनि बढाउने भएकाले कोरोना भाइरसको संक्रमण फैलिरहेका समयमा बिरामीहरु आयुर्वेद उपचारप्रति आकर्षित भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका निमित्त प्रमुख  खेमराज पनेरुले बताए।

पहिले दैनिक ५ देखि १० जनासम्म मात्रै बिरामी आउने केन्द्रमा आजभोलि दिनमा ३५  देखि ४० जनासम्म आउने गरेको उनले बताए। बिरामी नभएकाहरुले पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न विभिन्न किसिमका औषधि केन्द्रबाट लग्ने गरेका छन्। 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा