नगर मै छैन सार्वजनिक शौचालय

news
news
August 08, 1:28

मोहन पनेरु,डोटी
डोटीको मुख्य बजार रहेको पिपल्लामा सार्वजनिक  शौचालय छैन। पिपल्लाका मुख्य व्यापारिक केन्द्रमा सार्वजनिक शौचालय नहुँदा आगन्तुक तथा यात्रुले सास्ती खेप्नु परेको छ ।
जिल्लाकै प्रमुख व्यापारीक केन्द्र मात्रै नभएर  पहाडी तिन जिल्ला जोड्न बजार भएकाले त्यहाँ मानिस आउने जानेको भिडभाड हुन्छ ।
पिपल्लामा विभिन्न काम विशेषले आएका आगन्तुक तथा यात्रुलाई सार्वजनिक शौचालय नहुँदा सडक किनार, झाडी तथा नालामा दिसा पिसाब गर्नुपर्ने बाध्यता छ । सार्वजनिक स्थलमा शौचालय नहुँदा बजार निस्के पछि  शौच गर्नु पर्ने अवस्था आए पछि चिनेका मान्छे होटल छिर्छन चिरपरीचत नभएका मान्छेले त्येतिकै बस्नु पर्ने अवस्था रहेको स्थानिय बासी बताउँछन । 
तर यहाँ अहिलेसम्म मुख्य बजार लाइनमा सार्वजनिक शौचालय भनेर बनाएको भवनमा किरानापसल र बाख्राको गोठ बनाएको छ । कैलालीबाट नेपाल प्रहरीको अन्र्तवाता परीक्षा दिन डोटी पुगेका भुवन मल्लले भने,‘बजारमा पिसाव लाग्यो, च्यापेर बसेँ।’ खुला दिसामुक्त घोषणा गर्नुअघि कमसेकम पिपल्ला बजारका ठाउँ–ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिदिएको भए यात्रुलाई झाडी तथा खोला खोल्सी खोज्दै हिँड्नु पर्ने टर्ने उनी सुझाउँछन्। ‘शौचालय भनेको सहर संस्कारी दखिनु सरह हो,’ उनले भने,‘तर, पिपल्लामा शौचालय नै छैन भन्दा लाजलाग्दो भयो।’  
सार्वजनिक शौचालय नहुँदा बजार पुगेका यात्रु तथा उपभोक्तालाई समस्या थपिँदै गएको छ । सार्वजनिक शौचालय नहुँदा कहिलेकाहीँ बजारमै दिसा पिसाव लाग्दा चिने जानेको होटल तथा नास्ता पसलमा पस्नु पर्ने बाध्यता रहेको स्थानीय बिरेन्द्र जोशी बताउँछन् । उनले भने, ‘हामी स्थानीयले त बजारमा शौच लागे घर पुगेर गरौला, तर बाहिरबाट आएकाहरुलाई भने दिसा पिसाव पचाएर बस्नुपर्ने बाध्यता छ ।’ 
कुलपाते चौकदेखि देखि द्धारीखोलाम्म कुनै पनि ठाउँमा सार्वजनिक शौचालय छैन । सार्वजनिक शौचालय नहुँदा काम विशेषले बजार आउनेहरुलाई बढी समस्या पर्ने गरेको हो।  नगरपालिकाले नीति तथा कार्यक्रममा  सफा नगर र स्वच्छ सहरको परिकल्पना गरेको छ । तर, नगरमै स्वच्छ, सफा वातावरण बनाउनका लागि चाहिने सार्वजनिक शौचालय नै छैन।
खुला दिसामुक्त अभियानकै लागि सरकारले करोडौँ खर्चे पनि सार्वजनिक स्थलमा शौचालय नहुँदा डोटी खुला दिसामुक्त घोषणा अर्थहीन भएको अर्का स्थानीय बम बहादुर बोहरा बताउँछन्। ‘सार्वजनिक शौचालय नहुँदा बजारमा पिसावै लाग्दा पनि पचाउनुपर्ने बाध्यता छ,’ उनले भने।
बजारमा पिसाव लाग्दा धेरैजसो यात्रुहरु बसर्पाक पछाडी गएर सडक किनारमै रहेको झाडीमा जाने गरेको उनले बताए। ‘धेरैजसो यात्रुहरु सवारी साधन रोकेर झाडीमै जान्छन्,’ उनले भने ।
यात्रुको आवतजावत बढी हुने पिपल्ला, कुलपाते, राजपुर, र शिलगढीमा एरिया नजिक सार्वजनिक शौचालय अनिवार्य हुनुपर्ने बताउँदै उनले भने,‘यात्रुको चाप भएकै स्थान वरपर  नगरपालिकाले अहिलेसम्म शौचालय बनाउन सकेको छैन।’ सार्वजनिक शौचालय अनिवार्य भएका स्थानमा पनि नबनाएरै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको बताउँदै उनले भने,‘यो नियमसंगत भएन, ठूला सहरमा कमसेकम एक÷दुई ठाउँमा त सार्वजनिक शौचालय बनाइनु पथ्र्यो।’
 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा