बोगटान फुड्सिल – ६ गगुडामा माओवादी केन्द्रको ३२ सदस्यीय वडा कमिटी गठन : अध्यक्षमा दिलीप चन्द

Fnal
Fnal
August 20, 6:48

डोटी -

डोटीको बोगटान फुड्सिल गाउँपालिका – ६ गगुडामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को  ३२ सदस्यीय वडा कमिटी  गठन गरिएको छ । आज एक कार्यक्रमकलाबिच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) बोगटान फुड्सिल गाउँपालिका सङ्गठन कमिटीका अध्यक्ष देवबहादुर बोहराको अध्यक्षतामा तथा प्रदेश कमिटी सदस्य कमलबहादुर गड्सिलाको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रमले दिलीप चन्दको अध्यक्षतामा उक्त कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा गणेश बोगटी,सचिब शेरबहादुर नेपाली, कोषाध्यक्षमा निर्मला चन्द रहनेगरी ३२ सदस्यीय कमिटी गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) बोगटान फुड्सिल गाउँपालिका संगठन कमिटी अध्यक्ष देबबहादुर बोहराले जानकारी दिनु भएको छ । संगठन कमिटी बिस्तार संगै पार्टीका जनबर्गिय संगठन पनि गठन गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि नेता मीनबहादुर मलासी, अतिथिमा सिद्ध राज बिक विश्वप्रकाश, प्रेस सेन्टरका अध्यक्ष कर्ण चन्दलगायतको विशेष उपस्थिति रहेको थियो ।

1

उक्त कार्यक्रमबाट जन वर्गीय सङ्गठन पनि गठन गरिएका छन् । योङ्ग कम्युनिस्ट लिग (वाईसियल), अखिल क्रान्तिकारी महिला सङ्घ, किसान सङ्गठन र  दलित मुक्ति मोर्चा सहितका ४ जन वर्गीय सङ्गठन तयार गरिएको हो । 

कमल चन्दको अध्यक्षतामा २६ सदस्यीय योङ्ग कम्युनिस्ट लिग (वाइसियल), देउसरा देवी चन्दको संयोजकत्वमा अखिल क्रान्तिकारी महिला सङ्घ, सुर्जभान चन्दको संयोजकत्वमा ६ सदस्यीय  किसान सङ्गठन र अर्जुन विकको अध्यक्षतामा ७ सदस्यीय  दलित मुक्ति मोर्चा समिति गठन गरिएको छ । 

2

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा