नायिका श्वेता खड्का बिरामी, लेखिन् भावुक स्टाटस

Sweta
Sweta
April 29, 11:53

नायिका श्वेता खड्का बिरामी भएपछि उपचारका लागि दिल्लीस्थित बीएलके अस्पताल भर्ना भएकी छिन् । चिउँडोमुनि ट्युमर आएपछि उनी उपचारका लागि दिल्ली गएकी हुन् । 

नायिका खड्काले फेसबुकमाफर्त आफूलाई चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन गर्न लण्डनजानु अघि नै दुखाइ महसुस भएको बताएकी छिन् । फेसबुकमा भावुक स्टाटस लेख्दै खड्काले जीवनमा केही कुराको पनि निश्चितता नहुने रैछ भनेकी छिन् ।

सँगै ‘हेल्लो जिन्दगी’ को छायांकन बीचमै छाड्न बाध्य हुँदा उनले दुःख पनि व्यक्त गरेकी छिन् । श्वेता लेख्छिन्, ‘तपाईँलाई यो कुरा कहिल्यै थाहा हुँदैन कि तपाईँका योजना र आकांक्षा केही सेकेण्डमै चकनाचुर हुन सक्छन् ।’

श्वेताको चिउँडोमुनि आएको ट्युमरको बीएलके अस्पतालका डाक्टर सुरेन्द्रकुमार दबसले ‘रोबोटिक शल्यक्रिया’ गरेका छन् । श्वेताले आफ्नो उपचारका लागि नेपालबाट डाक्टर पंकजले सबै व्यवस्था गरेको र आफ्नो शल्यक्रिया सफल भएको बताएकी छिन् ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा