राष्ट्रिय जनमोर्चा डोटीको अध्यक्षमा केशवनाथ योगी

news dhn
news dhn
September 15, 9:35

राष्ट्रिय जनमोर्चा डोटीको अध्यक्षमा केशवनाथ योगी चयन गरिएको छ । मङ्गलवार दिपायलमा सम्पन्न भेलाबाट योगीको अध्यक्षतामा  ४१ सदस्यीय कमिटी गठन भएको छ । समितिको उपाध्यक्षमा हरि प्रसाद भट्टराई, सचिवमा हेम विक्रम चन्द, कोषाध्यक्षमा रमेश नागरी, सहसचिव शिवराज भट्ट रहने गरी आज कमिटी गठन भएको सचिव हेम विक्रम चन्दले जानकारी दिए ।

राष्ट्रिय जनमोर्चा पार्टीको डोटीमा पनि समानान्तर कमिटी गठन भएको छ । भदौ ८ र ९ गते लोकेन्द्र लम्सालको नेतृत्वमा गठन भएको राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीलाई मान्यता दिँदै दिपायलमा भेलाको आयोजना गरेको हो ।

sasa

भेला सम्पन्न भए लगत्तै दिपायलमा एमसिसी विरुद्ध विरोध प्रदर्शन गरेको थियो  । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटी सचिव लक्षिराम आचार्य र राष्ट्रिय जनमोर्चा डोटी अध्यक्ष केशव नाथ योगीले सम्बोधन गर्नुभएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा