बझाङको बुङ्गलमा प्रथम बीसीसी सुपर कप हुने, ट्रफी सार्वजनिक

news
news
October 03, 1:12

बझाङको बुङ्गल नगरपालिका –१ देहबगरमा प्रथम बीसीसी सुपर कप २०७८ को आयोजना हुने भएको छ । आयोजक बुङ्गल क्रिकेट क्लले धनगढीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी कार्तिक ३ गतेदेखि १० गतेसम्म प्रतियोगिता आयोजना गरिन लागिएको जानकारी दिएको हो ।

स्वर्गीय धनबहादुर मल्ल र स्वर्र्गीय जयभान बिष्टको सम्झनामा प्रथम बीसीसी सुपर कप २०७८ आयोजना गरिन लागिएको क्लवका अध्यक्ष किरण कुँवरले जानकारी दिए ।शनिबार बीबीसी सुपर कपको ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगिताका मुख्य प्रायोजकसमेत रहेका स्वर्गीय मल्लका छोरा भरत मल्लले ट्रफी सार्वजनिक गरे ।

प्रतियोगितामा प्रथमलाई एक लाख ५१ हजार एक सय ११, दोस्रोलाई ५१ हजार एक सय ११ रुपैयाँ राखिएको छ । म्यानअफद सिरिज १० हजार, बेस्ट बलर पाँच हजार, बेस्ट व्याटम्यान, बेस्ट कप्तान, बेस्ट फिल्डर र अनुशासित टीमलाई २५ सय पुरस्कार छुट्याइएको छ।

कपमा हालसम्म १५ टिमको सहभागिता रहेको र अझै टिम थप हुन सक्ने आयोजकले जनाएको छ । कपमा बझाङ जिल्लाका टिमको मात्रै सहभागिता रहेको र एक टिममा चार जना जिल्ला बाहिरका खेलाडी हाल्न पाउने व्यवस्था गरिएका क्लवका सचिव रामचन्द्र जोशीले बताए ।

स्वर्गीय धनबहादुर मल्लले देश लगायत बझाङबासीका लागि पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै स्वर्गीय धनबहादुर मल्ल र स्वर्गीय जयभान बिष्टको सम्झनामा प्रथम बीबीसी सुपर कप २०७८ को आयोजना गरिएको स्वर्गीय मल्लका छोरा भरत मल्लले बताए । बुङ्गलको क्रिकेट विकासमा जोड दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

विगत १५ वर्षदेखि बुङ्गलमा धौलीदेवी स्मृति बीसीए कप हुँदै आएको भएपनि पछिल्लो समय राजनीतिक खिचातानीका कारण एक समूह फुटेर नयाँ बुङ्गल क्रिकेट क्लव गठन गरिएको छ । सोही क्लवले यस वर्षदेखि प्रथम बीसीसी सुपर कप आयोजना गर्न लागेको हो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा