कञ्चनपुरको दोधाराचाँदनीमा एक लाख ११ हजार पुरुस्कार राशीकोे रात्रीकालिन क्रिकेट प्रतियोगिता हुदै

news
news
October 04, 4:47

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका रात्रीकालिन क्रिकेट प्रतियोगिताको आयोजन हुदैछ । वडा नम्बर २ को आयोजनामा वडाध्यक्ष रात्रीकालिन क्रिकेट प्रतियोगीता गर्न लागिएको हो ।

प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपया सहित ट्रफी र प्रमाण पत्र प्रदान गरीने छ । त्यस्तै उपविजेता टिमले ४४ हजार ४ सय ४४ रुपया नगद सहित ट्रफी र प्रमाण पत्र पाउने छन् ।असोज २५ गतेबाट शुरु हुने क्रिक्रेट प्रतियोगीतामा १० टिम बिच प्रतिस्पर्धा गराईनेछ । १० ओभरको खेल हुनेछ । टिम दर्ता गराउने अन्तिम मिति असोज २३ गते साझ ५ बजे सम्म आयोजकले राखेको छ ।

क्रिक्रेट प्रतियोगीमा सहभागी हुने टिम वडा गत रुपमा मात्र सहभागी हुन पाउने छन् भने सम्बन्धित टिमले वडा भन्दा बाहिरका ४ जना खेलाडीलाई राख्न पाउने छ ।

तर विदेशी खेलाडीको हकमा भने खेलाडीको परिचय खुल्ने कागजात सहित कोरोना खोप लकाएको कार्ड अनिवार्य गरिएको आयोजक समितिका सदस्य रमेश चन्दले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा