सुदूरपश्चिमका राजमार्गमा दर्जनौं पहिरो

news
news
October 20, 9:50

धगनढी : विद्युत र सञ्चार सेवा अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात सेवा पनि लगभग ठप्प छ। सात पहाडी जिल्ला जोड्ने भीमदत्तसहित आधा दर्जन मुख्य राजमार्गमा दर्जनौं स्थानमा पहिरो गएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भीमदत्त राजमार्गमा ठाउँठाउँमा पहिरो गएको र सञ्चार सेवा अवरुद्ध हुँदा अपडेट गर्न नपाएको जनाएको छ। 

यता प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सल्लाघारीस्थित सडकमा माथिबाट पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध छ। यस्तै डोटीको जोरायल गाउँपालिका १ मा पहिरो खसेपछि सो क्षेत्रमा पनि भिमदत्त राजमार्ग अवरुद्ध छ। 

जयपृथ्वी राजमार्ग पनि विभिन्न ठाउँमा अवरुद्ध छ। बझाङको केदारस्यु– १ नारीगौडा खोलामा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बित्थडचिर–२ पैरामा पहिरो जादा पनि राजमर्ग अवरुद्ध छ। यस्तै छबिसपाथिभेरा १ जालिबगर नजिकै जयपृथ्वी राजमार्गको ५० मिटर सडकखण्ड सेती नदीले बगाएको छ। 

उता अछामको चौरपाटी–६ दुनी भावर भिरमा पहिरो खस्दा सडक अवरुद्ध छ। अछामकै पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ स्थित बिनायकमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। 

बाजुराको बुढिगंगा नगरपालिका ३ ताप्रिसेरा, वडा नम्बर ६ बार्जुगाड, वडा नम्बर ८ रिठाबजार र वडा नम्बर १० दाब बजारमा पहिरो खस्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। 

उता महाकाली नगरपालिका वडा नम्बर ५ किमतडीस्थित गोकुलेश्वर–दार्चुला मुख्य सडक नै महाकाली नदीले बगाएको छ। झण्डै ५० मिटर सडक महाकाली नदीमा बगेको छ। प्रदेश प्रहरी कार्यालयले अन्य स्थानमा पनि सडक अवरुद्ध भएको तर सञ्चार सेवा अवरुद्ध हुँदा सूचना संकलनमा समस्यष भइरहेको जानकारी दिए। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा