डोटीका बाढीपिडीतकहाँ घरदैलो गर्दै केआइसिंहका जनप्रतिनिधि ( फोटो फिचर )
कार्तिक ,७ डोटी
४ दिनदेखि केआइसिंह गाउँपालिका वडा नं १ गणेशकाँडाका हिक्मत मगर र उनकी पत्नी पार्वतीले रोएर दिन काँटे । लगातारको बाढी पहिरोले उनीहरूको जीवन नै तहसनहस हुने गरि घर भत्कायो । घरभित्रका अन्नपात पनि नष्ट भए ।
६ छोरी र १ छोरा भएका हिक्मतको दम्पती जोडी बुढेसकालमा आइलागेको बिपत्तिले शनिवार भत्किएको घर अघि टोलाएर बसेका थिए । तीन घण्टा पैदल हिँडेर केआईसिंह गाउँ पालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही, उपाध्यक्ष मिना बिष्ट , वडाध्यक्ष कृष्ण बम, नेत्र रावल लगायतको टोली शनिवार हिक्मतको घर पुग्यो । बेसहारा झै बनेको उनको परिवारलाइ अध्यक्ष लोकेन्द्र शाही लगायत जनप्रतिनिधिको टोलीले सान्त्वना दियो । तत्कालको गाँसबासका लागि ब्यक्तिगत रूपमा नगद ५ हजार राहत हस्तान्तरण गर्दै अध्यक्ष शाहीले पुर्नस्थापनाको जिम्मेवारी लिने समेत प्रतिबद्वता गरे । गहभरी आशु झार्दै जनप्रतिनिधीहरू सामु रोएका हिक्मत र पार्वतीलाइ सान्त्वनाले भने ठुलो उर्जा मिल्यो । कहाँबाट कसरी जीवन अगाढी बनाउने भन्ने मेसो नै पाइरहेको थिएन हिक्मतले लामो सास फेर्दै भने जीवन जीउने आश पलाएको छ । हिक्मतको परिवार अहिले माइतीको घरमा शरण लिएर बसेका छन् । उनी मात्र हैन गणेशकाँडाका देव बहादुर मगरको परिवार पनि बिचल्लीाा परेको थियो । उनको परिवारलाइ पनि जनप्रतिनिधीहरू आडभरोसा दिलाए , अध्यक्ष शाहीले नगद ५ हजार सहयोग गरे ।
शनिवार केआइसिंहका जनप्रतिनिधिहरूको टोली हिक्मतको घर मात्र हैन बाढी पहिरो प्रभावित किसानका घेतबारी, घर गोठ, सडक, खानेपानी, बिधुत लगायतको क्षतीबारे स्थलगत अनुगमनका लागि घरदैलो कार्यक्रम सुरू गरेको अध्यक्ष लोकेन्द्र शाहीले बताए ।
सिंगो गाउँ नै चिराचिरा भएर प्रकृतिले खेतबारी, बाटाघाटा, सडक, बिधुत, खानेपानीमा क्षती पुगाएको भन्दै अध्यक्ष शाहीले जनताहरूलाइ अपुरणिय क्षती हुन गएको बताए । सबै वडाहरूमा केआइसिंहका जनप्रतिनिधी घरदैलो कार्यक्रम लिएर बाढीपिडीत कहाँ पुगिरहेको अध्यक्ष शाही बताउछन् । आफुहरूले जनताका यथार्त समस्या बुझ्दै त्यसका लागि गाउँपालिका तहबाट नियमानुसार हुनसक्ने सहयोगका लागि जुटेको जनप्रतिनिधिहरूले बताए । स्थलगत अनुगमन पछि जनतालाइ तत्काल सान्त्वनन हुने गरी राहत प्याकेज लागु गरिने अध्यक्ष शाहीको भनाइ छ । शनिवार वडा नं १ र २ मा बाढीपीडित कहाँ जनप्रतिनिधिहरूले घरदैलो कार्यक्रम गरेका थिए । आईतबार जनप्रतिनिधिहरूको टोली वडा नं २ को दाडीमाटी, नारिदांग क्षेत्रतर्फ हिँडेको वडाध्यक्ष नेत्र रावलले जानकारी दिए ।ग्रामिण सडक सबै तहसनहस भएपनि जनप्रतिनिधिहरू सबै घरधुरीमा पैदलै गएर अनुगमन गरिरहेका छन् ।
जनतालाइ जब जब समस्या बिपत्ति आउँछ त्यो बेला हर चुनौतीहरूलाइ चिर्दै सहयोग गर्नु आफ्नो दायित्व भएको उपाध्यक्ष मिना बिष्टले बताइन् । कोभिड महामारीको पहिलो चरणका बेला केआइसिंहका जनप्रतिनिधि र कर्मचारीहरू सिमानामा फसेका आफ्ना जनताहरूको उद्वार गर्न सबैभन्दा अघि मैदानमा खटिएका थिए ।