घरमै गएर राहत दिए मेयर जोशीले 

news
news
October 28, 10:48

डोटी ११ कात्तिक 
शिखर नगरपालिका डोटीमा वाडिपहिरोवाट मृत्यु भएका परिवारलाई घरमै गएर राहत स्वरुप आर्थिक सहयोग गरेको छ । शिखर नगरपालिका वडा नं ११ डासिका कटे वलायरलाइ घरमै गएर राहात दिएको हो । यहि कात्तिक २ गते पहिरो संगै आएको ढुङ्गा लागेर कटेवलायरकी श्रीमती कमला वलायरको मृत्यु भएको हो । वुधवार शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले मृतकका परिवारलाइ नगरपालिकाको तर्फवाट १ लाख र शिखर नगरपालिकाका लेखापाल रतन माझीको तर्फवाट ५ हजार नगद मृतकका परिवारलाइ हस्तान्तरण गरेको छ । नगरपालिकाले वाढीपहिरोवाट मृत्यु भएका परिवारलाइ सवै भन्दा पहिले घरमै गएर राहत स्वरुप आर्थिक सहयोग गरेको शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले वताए । नगरपालिकामा वाढीपहिरोवाट धेरै धनजनको क्षति भएको उल्लेख गर्दै नगर प्रमुख सिताराम जोशीले भने  नगरपालिकाले दिन सक्ने राहात नगरपालिकाले अनि अरु क्षतिको विवरण संकलन गरेर रातककालागि प्रदेश सरकार र संघ सरकारलाइ सिफारिस गरिरहेका छौ ।
असोज ३१ देखि ३ गते सम्म परेको अविरल वर्षाका कारण शिखर नगरपालिकामा १ जनाको मृत्यु, दर्जनौ घरमा पूर्ण क्षति, सयौ भौतिक संरचनामा क्षति, हजारौ रोपनी जमिन वाढी पहिरोले वगाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा