छैन व्यापार,लागेन तिहार !

news
news
October 28, 3:34

मोहन पनेरु 
कार्तिक ११,डोटी

नवराज जोशीले बिगत २ दशकदेखि डोटीको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा व्यापार गर्दै आउनु भएको छ । उनी व्यापार गर्दै आउनु भएको करीब २१ बर्ष भयो होला । उनि पहिलेका बर्षमा तिहार नजिकीदै गर्दा आफ्नो पसलमा सामान भर्नको लागी भ्याईनभाई हुने थियो भने अहिलेका बर्षमा व्यापार नै नभए पछि उनि अहिले निरास भएर पसलमा बस्ने गर्दछन । 

news
तिहारको बेलामा सुनसान पिपल्ला बजार 

जोशीले पिपल्ला बजारमा अटाल दर्शन एण्ड मार्केटिङ सेन्टर पसल चलाउँदै आएका छन । अहिले उनको पसल बिगत बर्ष झैं झिलीमिली भएको देखिन्छ । उनले तिहारका लागी चाहिने  सम्पुर्ण सामानहरु ल्याई सकेका छन । तर व्यापार भने भएको छैन । उनि व्यापार नभए पछि उनि  निरास भएका हुन । 

news

गत असोज ३१ देखि कार्तिक ३ गते सम्म भएको अविरल बर्षाका कारण गाउँतिरका बाटाघाटाहरु अवरुध भए पछि गाउँबाट आउने व्यापारीहरु बजारमा आउन नपाउँदा व्यापार नभएको हुन सक्कने उहाँको आँकलन छ । तर अहिले स्थानिय तहका जनप्रतिनिधहरु बाटो संचालन गर्नका लागी आलटाल गर्ने गरेको व्यापारीहरुको गुनासो छ । 
यति बेला  व्यापारी नवराज जोशी मात्रै निरास छैन्न उनि लगायत अन्य व्यापारीहरु प्नि निरास  छन । तिहारको बेलामा हरीष फेन्सी हाउसका संचालक नरी खड्का पहिले लुगा बेचन लाई भ्याईनभ्याई हुने गर्थे तर यो साल भने घाम तापेर बस्नु परेको बताउँछन । बजारमा अहिले मान्छे अवातजावत गर्ने पनि निकै कम देखिन्छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा