महिला अधिकार वकालत कर्ता, समुदाय र न्याय सेवाकर्ता बिचकाे सम्बन्ध अझै बढेन
डाेटी – महिला अधिकार वकालत कर्ता, समुदाय र न्याय सेवाकर्ता बिचकाे सम्बन्ध अझै नबढेको न्याय सेवा कर्ताकाे गुनासो छ।
सम बिकास केन्द्र (ईडिसी) नेपालकाे ओयाेजना र यु एन ओमनकाे सहयोगमा भएको एक दिने कार्यक्रममा उक्त कुरा बताउनुभएको हाे । कार्यक्रममा न्याय सेवामा काम गर्दा ओएका समस्या, महिला अधिकार क्षेत्रमा स्थानीय सरकारकाे भुमिका लगायतको बिषयमा छलफल भएको थियाे ।
महिला हिंसा न्युनिकरण गर्नमा सम्बन्धित निकाएकाे ध्यानाकर्षण हुन नसकेको कार्यक्रमका सहभागीले बताउनुभयो ।
स्वतन्त्रता पुर्बक बाच्न पाउने अधिकार सबैको भएता पनि यस्तो हुन सकेको छैन । दिपायल सिलगढी नगरपालिका वडा नम्बर पाँच कि देबकी भण्डारीले गुनासाे पाेख्दै भनिन् “अाज सम्म समाजमा छरछिमेकले विभिन्न बाहनामा गालि गलाैच गर्ने,कुरा काट्ने जस्ता क्रियाकलाप गर्ने गरेका छन यस्ता घटनालाई सम्बन्धि निकायमा जादा पनि कुनै पनि किसिमको नयाय पाएकी छैन ।”
उनले थप्दै भनिन् जति ठाउँमा कुरा राखे पनि न्याय पाएकाे अनुभुती ओज सम्म भएको छैन, एक छिन कुरा सुन्नछन पछि अाफ्नु ब्यक्तत्व माथि नै समाजले प्रश्न उठाउन थालेकाले खासै पीडा अचेल भन्न मन लाग्दैन ।
महिलहरुले नै महिलालाई हिंसा गर्ने भएकोले महिला हिंसा न्युनिकरण साेचे जति नभएकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष मदन भण्डारीले बताउनु भयो । वडा तथा नगरपालिकामा बिबादका घट्ना त्यति अाउने नगरेकाेले महिला हिंसा सम्बन्धिका घटना न्युनिकरण हुन नसकेको अध्यक्ष भण्डारीकाे भनाइ छ ।
महिला माथि घट्ने हिंसा लाई न्युनिकरण गर्न स्वयं पिडित ब्यक्तिले नै ओफुमाथी घट्ने घटनाको बारेमा सम्बन्धित निकाय सम्म पुर्याउनु पर्ने दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शिबराज खड्काले बताउनुभयो।
समाजमा हिंसा जन्य घटना न्युनिकरण गर्नका लागि नगरपालिकाकाे तर्फबाट हुने सम्पूर्ण घटना न्युनिरण सहजिकरण गर्न पुर्ण रुपमा सहयाेग गर्ने उप प्रमुख खड्काले बताउनुभयो । महिला तथा पुरुष दुई रथका एक पांग्रा भएकोले माया,सद्भाव, अनुशासित ढंगले मिलेर बसे हिंसा जन्मन नपाउने भएकोले समाजमा मिलेर बस्न उनले अाग्रह गरे ।
लैंगिक उत्तरदायी न्यायिक सेवा प्रदान गर्नमा न्यायिक कर्ताकाे भुमिका महत्त्वपूर्ण हुने भएकाले न्यायिक कर्ताले महिलाका मुद्दामा सम्बेदनसिल भएर लाग्नु पर्ने सम बिकास केन्द्र(ईडीसी) नेपालीका कार्यक्रम संयोजक केसब परियारले बताउनुभयो ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिका स्थित बसाेबास गर्ने महिला समुह, महिला अधिकारकर्मी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियाे।