डोटीमा कैदीबन्दीहरुलाई कम्प्युटर तालिम

news
news
November 16, 5:11

डोटी,३० कार्तिक । डोटी जिल्ला कारागारका कैदीबन्दीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । डोटी कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीका अनुसार कारागारमा रहेका १२ जना कैदीबन्दीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र घरेलु तथा साना उद्योग कार्यालय डोटीको प्राविधिक सहयोगमा उक्त तालिम प्रदान गर्न लागिएको हो ।तालिमका लागि मन्त्रालयले चार लाख रुपैयाँ दिएको कारागार प्रमुख बोगटीले वताए ।

यसअघि कैदीबन्दीहरुका लागि हाउस वायरिङ तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय डोटीका प्रमुख दीपेन्द्र शाहले बताए । उनले भने ‘डोटीमा रहेको बाल सुधार गृहमा रहेका १० जनालाई पनि हाउस वायरिङ तालिम सम्पन्न भएको छ ।’ आधारभूत कम्प्युटर तालिमको उद्घाटन गर्दै प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले मन लगाएर सीप सिक्न कैदीबन्दीहरुलाई आग्रह गरिन् ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा