नेपाली काँग्रेस डोटीको सचिवमा ओझाको उम्मेदवारी
नेपाली काँग्रेस डोटीको सचिवमा युवा नेता बिजयराज ओझाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाल विद्यार्थी सङ्घका आमन्त्रीत पुर्व केन्द्रिय सदस्य तथा २०२१ जेसीस डोटीका अध्यक्ष समेत रहेका ओझाले नेपाली काँग्रेस डोटीको चौधौँ महाधिवेशनमा सचिव पदको उम्मेदवारी रहेको खप्तड अनालईनलाई जानकारी दिएका छन ।
नेपाली काँग्रेस डोटीको चौधौँ महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा भई रहेका छन् । मङ्सिर ६ गते हुने जिल्ला अधिवेशनलाई लक्षित गरेर उम्मेदवारी घोषणा हुन लागेका हुन् । सचिवमा तपाईँको उम्मेदवारी किन भन्ने प्रश्नमा ओझाले भने ‘ म अहिले सङ्गठन र पार्टीको पक्षमा काम गर्न सक्ने इच्छाशक्ति र क्षमता छ, काँग्रेसलाई ऊर्जाशील बनाउन त युवा नै चाहिन्छ,सरकारी कार्यलयमा हुने बेथीतीलाई निर्मुल गर्नका लागी मेरो उम्मेदवारी हो ।’
केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र जिल्ला पदाधिकारीमा नेतृत्व हत्याउनका लागी नेताहरूको बिचमा रस्साकस्सी चली रहेको छ । सचिवमा ओझाले औपचारिक रूपमा नेतृत्वको दाबी गरेर सार्वजनिक घोषणा गरेका छन । उनि अरू नेताहरू भने आन्तरिक भेटघाट तथा आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरिरहेका छन् ।