नेपाल–नर्वे जनसम्पर्क समितिका सभापति शाही सम्मानित

news
news
November 18, 1:10

डोटी – नेपाल नर्वे जनसम्पर्क समितिका सभापति जितेन्द्र शाहीलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस केआईसिंह गाउँपालिकाले खादा टीका लगाएर एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

प्रवासमा दुःख गरेर समाजसेवामा सक्रिय शाहीलाई सम्मान गरिएको कांग्रेस सभापति अर्जुन बलायरले बताए । शाहीले कोरोना महामारीका समयमा गाउँपालिकालाई एम्बुलेन्स तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै अन्य समयमा पनि सामाजिक सेवा गर्दै आएकाछन् ।

सभापति शाही केआईसिंह गाउँपालिका – ५ रानागाउँका स्थायी बासिन्दा हुन् । प्रवासमा रहेर आफ्नो क्षेत्रका जनाताका लागि थोरै सहयोग गर्न पाउँदा खुसी लाग्ने गरेको शाहीले बताए । रात दिन परदेशमा पसिना बगाएर संकलन गरेको थोरै रकम सामाजिक क्षेत्रमा लगाउने गरेको उनले बताए ।

 

‘घरबाट आफ्नै मुलुकको कुनै सहरमा जाँदा घर परिवार र छिमेकीको चिन्ता लाग्छ,‘शाहीले भने,‘तर नेपाल बाहिर देश छोडेर जाँदा सम्पूर्ण देश र नागरिकको चिन्ता लाग्ने गर्छ । तसर्थ समग्र नेपाल र नेपाली छातीमा राखेर सहयोग जुटाउने मनोभाव पलाउँछ ।’ उनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा काम गर्ने योजना रहेको बताए । पार्टीको अधिवेशनलाई एकताको अधिवेशन बनाउन उनको सुझाव छ ।

महासमिति सदस्य मिना विष्टको प्रमुख आथित्यतामा आयोजित सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीको १४औं महाधिवेशनका सम्बन्धमा समेत छलफल भएको छ । महाधिवेशन सफल गर्नका लागि केआईसिंह कांग्रेसको भूमिका, उमेदवार, व्यवस्थापन लगायतका विषयमा छलफल भएको सचिव वीरबहादुर कुँवरले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा