पर्यटकिय क्षेत्रको विकास हुनु जरुरी छ : अध्यक्ष नेपाल

news
news
November 18, 2:37

विमल विष्ट
डोटी, मङ्सिर २

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिमलाई देश बिदेशमा चिनाउन यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास हुनु जरुरी रहेको बताउनु भएको छ । सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदार मेलामा सहभागि हुँनका लागि आज बुधबार यहाँ आउनु भएका अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रहेका बिभिन्न धार्मिक, पर्यटकिय क्षेत्रको प्रचार प्रशार गर्न र देश बिदेमा चिनाउनका लागि भएपनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम धार्मिक, पर्यटकिय क्षेत्र सहित कला संस्कृतिले धनी प्रदेश हो, यहाँका पुराना कला संस्कृति र धार्मिक क्षेत्रको प्रचार प्रशार सहित संरक्षण गर्न अति जरुरी छ ।”
यसै गरी उहाँलेडोटीमा हिन्दु धर्मका चारै धामलगायत प्रमुख धार्मिक क्षेत्रहरुको एउटै स्थानमा हेर्न मिल्ने गरी पर्यटकीय सङ्ग्राहालय बनाउनु पर्नेमा पनि जोड दिनुभएको छ ।पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपाललेआफु प्रधानमन्त्री भएका बेला सबै धार्मिक क्षेत्रको झल्को दिने गरी धार्मिक सङ्ग्राहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको भए पनि आफू सरकारबाट बाहिरिएसँगै सो कुराले प्राथमिकता नपाएको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा धार्मिक सङ्ग्राहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको थिए, पछि कसैले बनाउनु भएन । अव चाँडै धार्मिक सङ्ग्राहालय निर्माण गर्ने कार्यले सफलता पाओस ।”
सोही कार्यक्रममा बोल्नु हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुराना धार्मिक कला, संस्कृर्तिहरुको जगेर्ना गर्नु पर्ने बताउनुभयो । “नयाँ पिढीलाई जानकारी होस भन्नका लागि र आफ्नो संस्कृति जोगाइ राख्न र चिनाउनका लागि भएपनि पुराना धार्मिक कला, संस्कृर्तिहरुको जगेर्ना गर्नु अवश्यक छ मन्त्री आलेले भन्नुभयो,“धार्मिक कला, संस्कृर्तिको जगेर्ना गर्न मेरो मन्त्रालयले पूर्ण सहयोग गर्ने छ ।” यसैगरी मन्त्री आलेले डोटीको प्रशिद्ध मन्दीर शैलेश्वरी तथा बडिकेदार लगायतका क्षेत्रको विकास तथा स्तरोन्नतीका लागि थप पहल गर्नुका साथै आवश्यक बजेट समेत बिनियोजन गरिने बताउनुभयो । उहाँले थप भन्नुभयो, “धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार प्रशार गर्न सके हामी थुप्रै पर्यटक भित्रयाउन सक्छौँैँ, अब सबै ठाउँका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गरिने छ ।”सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदारमा हरेक वर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुँङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुँङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा बिकट अर्थात भिरको बिचमा रहेको छ । अन्य देवी देवताको मन्दिरमा भन्दा बडिकेदारमा बिभिन्न जातजाती भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्राय जसो सन्तान प्राप्त नभएका अधिकाँश महिला पुरुषहरु पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन् । उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तीर्थालु भक्तजनहरु आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो । 
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा