डोटीमा बाढीपहिरो पीडितलाई राहत वितरण

news
news
November 24, 3:33

डोटी : गत असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरामा परी पीडित भएका सायल गाउँपालिका–१ का पीडितलाई राहत वितरण गरिएको छ। मिसो नेपालको आर्थिक सहयोग तथा कारितास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका ३० घरपरिवारलाई राहत वितरण गरिएको हो। बाढीपहिराले खेती बगाएको तथा घर बगाएर पीडित भएका परिवारलाई प्रतिपरिवारलाई कम्बल दुई, त्रिपाल एक, ३० किलो चामल, पाँच किलो दाल, तीन लिटर खाने तेल तथा एक किलो नून वितरण गरिएको कारितास नेपालका अनुगमन मूल्याङ्कन अधिकृत माया बमले जानकारी दिए। 

बाढीपहिराका कारण खेतीयोग्य जमिन तथा घर नभएर पीडित भएका परिवारलाई संस्थाले खाद्यान्नलगायत लत्ताकपडासहित राहत वितरण गरेपछि पीडित खुसी भएका छन्। उक्त बाढीपहिराका कारण जिल्लामा १६ जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका छन्। यहाँका अधिकांस बाढीपहिरो पीडितको अहिलेसम्म पनि पालमुनी बास भएको छ। बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई सरकारले जनही दुई लाखका हिसाबले राहत प्रदान गरेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा