बझाङमा प्रहरी हिरासतमै एक महिलाद्वारा आत्महत्याको प्रयास

news
news
December 05, 5:01

बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–३ बाट २८ किलो चरेससहित पक्राउ परेकी ३४ वर्षीया कल्पना रोकायाले आइतबार जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमल प्रसाद चौधरीले बताए ।

उनले भने । ‘हिरासतमा अनुसन्धानका लागि राखेका थियौँ । आज बिहान ११ बजे तिर हिरासतको शौचालयमा हाते रुमालको प्रयोग गरी आत्महत्याको प्रयास गरेको थाहा भयो । रोकाया मङ्सिर १४ गते डुङ्ग्री बजारमा रहेको आफ्नै किराना पसलबाट चरेससहित पक्राउ परेको र उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा