भीम रावलको प्रश्न– संसदको अवरोध एमसीसी पास गर्ने खेल त होइन ?

news
news
December 16, 11:23

धनगढी, १ पुस / नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाएका छन् । यो एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर पनि उनले प्रश्न गरेका छन् ।

सामाजिक सन्जालमा रावलले लेखेका छन्– सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो रु यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन रु यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।

नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा विरोध जनाउँदै आएको छ । एमालेले विरोध जनाउँदै वर्षे अधिवेशनका कुनै पनि संसदीय कामकारबाहीमा भाग लिएको थिएन । गत मंसिर २८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले वेल घेराउ गरेको थियो । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा