प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी प्रदेश सेमिफाईनलमा

एक
एक
December 19, 2:12

धनगढी ४ पुष / लुम्बिनी प्रदेश कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा जित हात पार्दै लुम्बिनी प्रदेश सेमिफाईनलमा पुगेको हो । 

 लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । कर्णालीले दिएको १८ रनको लक्ष्य लुम्बिनीले ३ दशमलव १ ओभरमा विना विकेट क्षति भेट्टायो । लुम्बिनीको सानदार जितमा लक्ष्मी चौधरीले १२ र नेरी थापाले ५ रन बनाईन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै कर्णालीले हुस्सु र सितलहरका कारण ६ ओभरमा खटाईएको खेलमा १७ रन बनाएको थियो । कर्णालीले निर्धारित ओभरमा ३ विकेट क्षतिमा १७ रन बनाएको थियो । कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित ७ रन बनाईन् । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले २ र नेरी थापाले एक विकेट लिईन् ।

दोस्रो खेलमा बागमति प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा  सञ्चालन भईरहेको प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ । ७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ ।

समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा