प्रधानमन्त्री कप महिला क्रिकेटः प्रदेश नम्बर १ ले बागमतिलाई दियो ११५ रनको लक्ष्य

ss
ss
December 19, 3:18

धनगढी, ४ पुष / प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश नम्बर १ र बागमति प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् । प्रदेश नम्बर १ ले टस जितेर पहिले ब्याटिङ गर्दै वागमति प्रदेशलाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ । 

 प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनाएको छ । प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् । ६२ वलको सामना गरेकी उनले ५१ रन बनाईन् ।

त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाईन् । वागमति प्रदेशका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई दुई विकेट लिईन् । पहिलो खेलमा प्रदेश नम्बर १ ले जित हात पारेको थियो भने बागमति प्रदेश लुम्बिनी प्रदेशसँग पराजित भएको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा