प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा : सुदुरपश्चिम अन्तिम चारमा पुग्दा एपिएफ समुह विजेता

apsari
apsari
December 23, 4:52

धनगढी, पुस ८ \सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा विहीवार लिग चरणका सबै खेलहरु सम्पन्न भएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो । समुह बी अन्तर्गत विहीवार लिग चरणका सबै खेल सम्पन्न भएका हुन् । समुह बी बाट विभागीय टीम समुह विजेता बन्दै सेमिफाईनल पुग्दा समुह उपविजेता भएर घरेलु टोली सुदुरपश्चिम पनि अन्तिम चारमा पुगेको छ । समुह ए बाट समुह विजेता बन्दै प्रदेश १ र उपविजेता बन्दै लुम्बिनी प्रदेश सेमिफाईनल पुगिसकेका छन् । 

विहीवार भएका खेलमा सुदुरपश्चिम र एपिएफ विजयी भएका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा विहीवार विहान भएको खेलमा जित हात पार्दै सुदुरपश्चिम अन्तिम चारमा पुगेको छ । समुह बी अन्तर्गतको खेलमा सुदुरपश्चिम प्रदेशले प्रदेश २ लाई ८७ रनले हराएको हो । पहिलो खेलमा जितेको सुदुरपश्चिमले दोस्रो खेलमा एपिएफसँग हार व्यहोरेको थियो । तीन खेलमा दुईमा जित र एकमा हार सहित चार अंक जोडेको सुदुरपश्चिमले सेमिफाईनलमा स्थान बनाउन सफल भयो । 
टस हारेर सुदुरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट क्षतिमा १४३ रन बनायो । सुदुरपश्चिमका लागि विन्दु रावलले अर्धशतकीय पारी सहित ५० रन बनाईन् । त्यस्तै रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३ रन बनाईन् । 
प्रदेश २ का लागि विमला मगरले २ विकेट लिईन् । त्यस्तै साना प्रविन, अनुराना चौधरीले एक एक विकेट लिईन् । १४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले ५६ रन मात्रै बनाउन सक्यो । प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाएको हो । प्रदेश २ का लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । सुदुरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउँदले समान २ विकेट लिईन् । ईश्वरी विष्टले १ विकेट लिईन् । सुदुरपश्चिमकी विन्दु रावल प्लेयर अफ द म्याच भईन् । 
विहीवार नै भएको दोस्रो खेलमा एपिएफले अपराजित यात्रा कायम राख्दै समुह विजेता बनेको छ । एपिएफले गण्डकी प्रदेशलाई रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा एक सय ५० रन बनायो । सो पारीमा मध्यक्रमकी खेलाडी ममता चौधरीले ४३ रन बनाईन् । त्यस्तै सरीता मगरले अविजित २६ रन बनाउँदा रोमा थापाले २६ रन बनाईन् । ज्योती पाण्डेयले २४ रन जोडिन् । प्रदेश २ का लागि मनिषा उपाध्यायले एक विकेट लिईन् । एपिएफका ३ जना खेलाडी रनआउट भए । 
एक सय ५१ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले रन मात्रै बनायो । प्रदेश २ का लागि शिला क्षेत्रीले सर्वाधिक ८ रन बनाईन् । 

सुदुरपश्चिमकी विन्दु रावलको अर्धशतक 
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो अर्धशतक बनेको छ । विहीवार भएको लिग चरण अन्तर्गतको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशकी विन्दु रावलले अविजित अर्धशतक बनाएकी हुन् । 
प्रदेश २ विरुद्धको खेलमा उनले ५० रनको अर्धशतकीय पारी खेलेकी हुन् । ४५ वलको सामना गरेकी उनले चार चौका प्रहार गरिन् । ४४ वलमा ४६ रनको अवस्थामा रहँदा विन्दुले पहिलो ईनिङको अन्तिम वलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेकी हुन् । यो प्रतियोगिताको चौथो अर्धशतक हो । यसअघि प्रदेश १ का लागि अप्सरी वेगमले दुई वटा अर्धशतक बनाएकी छिन् । प्रदेश १ कै कप्तान रुविना क्षेत्रीले पनि एक अर्धशतक बनाएकी छिन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा