प्रधानमन्त्री कपको दोस्रो सेमिफाईनलः एपिएफले लुम्बिनीलाई दियो १३० रनको लक्ष्य

ss
ss
December 25, 3:36

धनगढी,१० पुष \ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाईनलमा विभागीय टीम एपिएफ र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् । एपिएफले पहिले ब्याटिङ गर्दै लुम्बिनीलाई एक सय ३० रनको लक्ष्य दिएको छ । 
टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले २० ओभरमा ३ विकेट क्षतिमा १२९ रन बनायो । एपिएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् ।

त्यस्तै ममता चौधरीले २७ रन, सीता रानामगरले १८ रन, राजमति ऐरी १४ रन र ज्योती पाण्डेयले ११ रन थपिन् । लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान १ विकेट लिईन् ।  १३० रनको विजय लक्ष्य लिएर लुम्बिनी ब्याटिङ गरिरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा